Breaking

यमन र नेपालबीचको पहिलो हाफ गोलरहित


काठमाडौँ – विश्वकप छनोटको समूह चरणको दोस्रो खेलमा नेपाल र यमनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

समूह एच अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालको फिनिसिङ राम्रो हुन सकेन । अग्रपंतिमा खेलेका जिलेस्पी जंग कार्की फिक्का देखिए ।

यमनका लागि ३२ मिनेटमा अहमद माहेरले पेनाल्टी बक्स भित्रबाट हानेको बल पोष्ट माथिबाट बाहिरिएको थियो ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले यमन विरुद्ध पहिलो रोजाईँमा यसअघिको खेलबाट तीन खेलाडी परिवर्तन गरेका थिए ।

अनन्त तामाङ, दिनेश हेन्जन र एरिक विष्ट पहिलो रोजाईँमा पर्दा मनिष डाँगी र छिरिङ लामा बेन्चमा छन् । यसअघि भएको पहिलो खेलमा नेपाल युएईसँग ४-० ले यमन बहराइनसँग २-० ले पराजित भएको थियो ।

घरेलु मैदानमा भएको खेल हेर्न ठूलो संख्यामा समर्थकहरु रंगशालामा पुगेका छन् ।