समाचार

आज विश्व टेलिभिजन दिवस


काठमाडौं । आज विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष २१ नोभेम्बरमा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेको थियो ।

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ ।

टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण शुरु गरेको पाइन्छ। नेपालमा भने सन् १९७० ताका टेलिभिजन सेटहरु भित्रिएको पाइन्छ। २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको थियो ।