Breaking

सभ्यताका दृष्टिले नेपाली विश्वमै विशाल र वैभवशाली छन् : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूगोल र क्षेत्रफलका हिसाबले नेपाल सानो भएपनि सभ्यताका दृष्टिले नेपालीहरू विश्वमै विशाल र वैभवशाली रहेको बताउनुभएको छ ।

छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले भाषा, कला, संस्कृति, चाडपर्व,भेषभुषा र सभ्यताका दृष्टिले नेपालीहरू विश्वमै विशाल र वैभवशाली रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउदै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।