विदेश

चीनको नयाँ चमत्कार, चन्द्रमापछि समुद्रमा उपग्रह, हेरौं लोभलाग्दो दृश्य


काठामडौँ — मानवको अपरिहार्य साधन प्रविधि बन्दै जाँदा त्यसप्रतिको प्रतिस्प्रधा पनि चुलिदो छ । जसको प्रविधि होडमा चीन आफ्नो उत्किृष्ट लयमा अगाडी छ । यस्को स्वरुप चीनले नयाँ पुस्ताको समुन्द्री उपग्रह प्रक्षेपण समेत गरेको छ । चीन पछिल्लो समय प्रविधिमा विश्वको फ्याक्ट्रीको रुपमा उदाएको छ । आर्टिफिसियल इन्टेलिजेन्ट भर्चुअल समाचार वाचकदेखि मोबाइल भुक्तानीसम्ममा चीन अगाडि छ । चीनका ७३ करोड १० लाख इन्टरनेट प्रयोगकर्ताहरु चीनको प्रविधिको विकासको योजनालाई साथ दिइरहेका छन् । चीन हरेक क्षेत्रमा अगाडी देखिन्छ ।

प्रविधि विकाससंगै चीनले नयाँ पुस्ताको समुन्द्री उपग्रह समेत प्रक्षेपण गरेको छ । अहिले नेपालमा प्रतिवन्ध लगाईएको टिकटक पनि चीनकै उत्पादन हो । सट भिडियो प्लेटफर्मको रुपमा विश्वमाझ लोकप्रिय भएको टिकटक नेपाल भारतसहितका केही देशमा बन्द भएपनि यसको प्रयोग विश्वव्यापी छ । चीनले डिजीटल प्रविधिमा मात्रै हैन, कृषि उत्पादनमा पनि आफृुलाई अब्वल सावित गरेको छ । त्यही भएरत चीन विश्वका अन्य शक्तिराष्ट्रको तुलना एक कदम अगाडी छ । चीनले फेरी चमत्कार हुनेगरी अर्को यन्त्र लन्च गरेको छ । केही समय अघि चीनले समुन्द्री उपग्रह प्रक्षेपण गरेको छ ।

चीनले नयाँ पुस्ताको महासागर रङ अनुगमन उपग्रह अन्तरिक्षमा पठाएको हो । जसले समुन्द्री पानीको सुधार गर्न मद्दत गर्दछ । यो विश्वको पहिलो उच्च परिशुद्धता महासागर रंग अवलोकन उपग्रह हो । जसले विश्वभरका विभिन्न जल निकायहरूलाई लक्षित गर्दछ । यसले पानीको रंग पानीको तापक्रम, समुन्द्री बरफ निलम्वित पदार्थ र पानीको पारिस्थितिको बारेमा अनुसन्धान गर्नेछ । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनअन्तर्गत पृथ्वी अवलोकन र डाटा केन्द्रका उपप्रमुख इन्जिनियर मेङ लिङ्जीले उपग्रहले चीनको मुख्य समुन्द्री मार्गहरूको लागि रिमोट सेन्सिङ सेवाहरू प्रदान गर्ने बताए ।

साथै माछा पालन स्रोतहरूको उपयोग र समुन्द्री प्रदूषण अनुगमनलाई बढावा दिने उनले बताए । यो उपग्रह उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ११ः५५ बजे (बेइजिङ समय) लङ मार्च–२सी क्यारियर रकेटद्वारा प्रक्षेपण गरिएको थियो । पछि यो सफलतापूर्वक योजनावद्ध कक्षमा प्रवेश गरेको थियो । यसरी प्रविधि क्षेत्रमा प्रतिस्प्रधा चुलिदै जाँदा चीनले देखाएको आफ्नो कुशलताले प्रविधिमा नयाँ आयाम थपेको छ ।