Breaking

एमालेको विशेष बैठक आज बस्दै


नेकपा एमालेको विशेष बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

नेकपा एमालेले मङ्सिर ७ गते गर्ने विरोध प्रदर्शन र मध्य पहाडी यात्राको तयारीका लागि आज जनसंगठन समन्वय संयन्त्रको विशेष बैठक बस्दै छ । बैठकमा पार्टीका सबै २३ वटै जनसङ्गठनका पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको छ ।

मङ्सिर ७ गते युवा र विद्यार्थीहरूले विभिन्न पाँच वटा माग राखेर मङ्सिर ७ गते माइती घर मण्डलामा विरोध प्रदर्शन गर्दै छन् ।