काठमाडौँ — अस्पताल मुनी हमास रहेको आशंकाकाबीच अल शिफा अस्पतालमा निरन्तर आक्रमण गरेको इजरायलले अन्ततः हमास लुकेको सुरुङ पत्ता लगाएको दाबी गरेको छ । अस्पताल जस्तो अति संवेदनशिल स्थानमा आक्रमण गरेर मानवतानै विर्सिएको भन्दै आलोचना खेपिरहेको इजरायलको दाबीसंगै आलोचकको मुख बन्द भएको छ । हमास समुहको नामनिसान मेटाउने प्रतिबद्धता लिएका इजरायली प्रतिरक्षा फौज (आईडीएफ) अहिले गाजा क्षेत्रमा तैनाथ छ । गाजा क्षेत्रमा रहेको इजरायली फौजले हस्पिटलमा समेत आक्रमण गरेको आलोचना खेप्दै आएको छ ।
तर पछिल्लो पटक इजराइली प्रतिरक्षा फौज (आइडिएफ) ले गाजास्थित शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ पत्ता लागेको बताएको छ । आइडिएफको दाबीसंगै आलोचको मुख पनि बन्द हुने अवस्थामा पुगेको छ । आईडीएफका अनुसार अल सिफा अस्पताल परिरसमा मात्रै नभइ अन्य अस्पतालमुनि पनि त्यस प्रकारको सुरुङ भेटिएको दाबि गरिएको छ । सामाजिक सञ्जाल एक्समा साझा गरिएको पोस्टमा आईडीएफले भनेको छ, ’गाजाको तीन सबैभन्दा ठूला अस्पतालमा हमासको शोषणको अर्को तहको पर्दाफास भएको छ, सिफा अस्पताल परिसरभित्र हमासको सुरुङ भेटियो ।
यस्तै अर्को पोस्टमा भनिएको छ, रान्तिसी अस्पतालभित्र आईडीएफ सैनिकहरूले अर्को एउटा सुरुङ पत्ता लगाएका छन् । आईडीएफका अनुसार सालदाग एसएफ एकाइ, सातौं ब्रिगेड र अतिरिक्त एसएफ एकाइहरूले सिफा अस्पतालभित्र हमासको सुरुङ पूर्वाधारको पर्दाफास गरेका छन् ।’ इजरायली फौजले गत अक्टोबर ७ मा नरसंहारका लागि तयार गरिएको बुबी–ट्रयाप सवारी पनि पत्ता लगाएका छन् । यस्तै गाजामा हमासले बन्धक बनाएकी एक महिलाको शव फेला परेको इजरायली सेनाले बताएको छ । अक्टोबर ७ मा आक्रमणका क्रममा हमासले ती महिलालाई बन्धक बनाएको इजरायली सेनाको दाबी छ ।
इजरायल डिफेन्स फोर्सका अनुसार ६५ वर्षीया इजरायली महिला येहुदित वेइसको शव अल–सिफा अस्पताल नजिकैको घरमा फेला परेको हो । बन्धकहरूलाई रिहा गर्न माग गर्दै आएको संस्था ब्रिङ द देम होमका अनुसार ती महिलालाई स्तन क्यान्सर भएको थियो । अक्टोबर ७ मा हमासले आक्रमण गर्दा ती महिला आफ्नो रोगबाट निको हुँदै थिइन् । बन्धक बनाएको अवस्थामा उनले औषधिसँगै लैजान पाएकी थिइनन् ।
हमासले आक्रमणका क्रममा २ सयभन्दा धेरै इजरायली नागरिकलाई बन्धक बनाएको इजरायलको दाबी छ । अक्टोबर ७ मा हमास बन्दुकधारीहरूले इजरायलमा घातक सामूहिक घुसपैठ गरि १२ सय जनाको हत्या गरेका थिए । त्यस्को जवाफी कारबाही स्वरुप इजरायलले थालेको आक्रमणको ४१ दिन बिद्दा समेत युद्ध बिराम हुन सकेको छैन । गाजामा इजरायली आक्रमणमा ४ हजार ६०० भन्दा बढी बालबालिकासहित ११ हजार ४०० भन्दा बढी मानिस मारिएका छन् ।
प्रतिक्रिया