काठमाडौँ — सडकबाट अन्तिम लडाई लड्ने उद्घोष सहित अघि बढेका दुर्गा प्रसाई र बढ्दो अराजकता तथा पुराना दलहरुमाथि उठेको प्रश्नले सरकार तर्सिएको छ । झापा राजावादीको केन्द्र बन्दा तथा प्रसाईले आरोपको फायल खोल्दा केपी ओली यसै चिन्तित छन् भने प्रचण्ड र देउवालाई समेत माहोल सम्हाल्न गाह्रो हुँदैछ । यता बढ्दो निराशामा खेल्न अर्कै आएपछि व्यवस्था मान्ने तर पुराना भन्दा फरक दावी गर्ने नयाँ दलकोसमेत निद हराम भएको देख्न सकिन्छ ।
साख्यै नाति दावी गर्ने दुर्गा प्रसाईले छोरा जस्तै महेश बस्नेत हुँदै आफूमाथि धावा वोल्न थालेपछि झस्किएका केपी शर्मा ओलीले सरकारलाई गुहार नै मागे । भलै कम्वोडिया काण्डबाट आजित उनले त्यस्तो गुहार नमागेको प्रष्टिकरण दिए । तर अहिले चर्चित बनेको विषय टिकटक प्रतिबन्ध गर्ने विषय समेत पुरानो दलमाथि बढेको गाली र निराशाको केन्द्र बन्नुसँग जोडिएको तर्क गरिएको छ । मंसिर ७ गते प्रसाईले गर्न लागेको प्रदर्शनसंग समेत यसको सम्बन्ध जोडिएको तर्ककाविच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त यो सर्वदलिय सहमतिको निर्णय रहेको बताईसकेका छन ।
यहिविचमा व्यवस्था र पुराना दलमाथि प्रश्न उठेको भन्दै सर्वदलियको नाटक समेत सुरु भईसकेको छ । साथै आफूहरुमाथि उठेका प्रश्नहरुको उचित जवाफ दिने भन्दै आएका प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले साझा उत्तर यसअघि नै दिएका छन् । जसले पुराना दल र विशेषत सरकार कति तर्सिको छ भन्ने संकेत मिल्दा शुक्रबार प्रधानमन्त्री प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाबारे जानकारी नै लिएका छन् ।
ब्रिफिङ सुनिसकेपछि देशको सुरक्षा अवस्था सामान्य रहेको निष्कर्षमा पुगेको बताएका उनले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस भइरहेको दोहो¥याए । त्यसलाई एकतावद्ध भएर परास्त गरिने समेत दावी गरेका उनले आफूले सरकारको नेतृत्व गर्ने बेला देशको अर्थतन्त्र चुनौतिपूर्ण रहे पनि अहिले राम्रो सुधार आएको बताएका छन । यद्यपि दबाबमुक्त भने भनइसकेको जानकारी गराउँदै उनले अर्थतन्त्र सुधारका उपाय खोज्न आगामी मंसिर चार गते वृहत बैठक बोलाएको जानकारी समेत गराए ।
यता नयाँ दलपनि आफूले वोकिरहेको निराशाको आवाज अन्तै पुगेपछि चिन्तित देखिन्छन । हिजो अराजकतामाथि खेलेरै उलार ल्याउने आफ्नो रणनिति अर्कैले खोसेपछि विशेषताविहिन भएका उनीहरु पुरानैसंग समेत जोडिएर जान सक्न लाजगालले सकिरहेका छैनन् । जसले गर्दा गणतन्त्रवादीले समेत नपत्याउने र राजावादीले समेत वेवास्ता गर्ने अवस्थामा पुगेका उनीहरु चेपुवामा परेको प्रष्ट छ । यस्तो अवस्थामा प्रचण्डलाई केवल अर्थतन्त्र मात्रै सुधारको प्रयास गरेर ढुक्क हुने ठाँउ छैन ।
अर्थात उनका लागि पहिचानको राजनीति र त्यसैसँग घुसेको धार्मिक रङ अर्को चुनौती छ भने आन्तरिक र बाह्य दुवै पक्ष अहिले धार्मिक र जातीय दंगा भड्काउने प्रयासमा रहेको चर्चा भईरहेको छ । त्यस्तै सरकार बनेदेखि दुईपटक गठबन्धन फेरेका प्रधानमन्त्री प्रचण्डलाई चुनौती गठबन्धनबाट पनि छ । पश्चिम नेपालको भूकम्प लगायतका प्राकृतिक प्रकोपले थपेको भार अर्को चिन्ताको विषय छ । त्यस्तै द्धन्द्धकालिन मुद्धामा भईरहेको उल्झनले समेत उनको चिन्ता बढाँउदा जनतामा बढेको निराशा र असन्तुष्टि एकीकृत हुन थालेको त हैन भन्ने डरमा उनी देखिन्छन् ।
यद्यपी राजनीतिक विश्लेषकहरु भने यो तर्क मान्न तयार छैनन् । अहिले देखिएको निराशा विद्रोह नै ल्याउने स्तरको भएपनि नेतृत्व अभाव र एजेण्डामा देखिएको विविधताले यो शक्ती एक ठाँउमा आउनै नसक्ने उनीहरुको तर्क छ । जसमा निराशाको सानो हिस्सा रास्वपा जस्ता शक्तीमै समेटिदा त्यसले व्यवस्था नै दह्रो पारेको उनीहरु बताउँछन् । हुन त अब निर्माण व्यवसायीसमेत सडकमै आउने तयारीमा छन् ।
जसले सरकारले काम गरेको देखिने नै गरेर व्याख्या गर्न सकिने भौतिक विकासको पक्ष प्रभावित हुने सम्भावना बढ्दा यस्ता धरमरे सरकारलाई किन टेर्ने भन्ने खालको प्रवृत्ती कर्मचारी तन्त्रले नै देखाइरहेको छ । फलत ः चुनौतीको चाङमाथि पहाड थपिएकै स्थितीमा प्रचण्ड पुग्दा रक्षात्मक वन्नु उनको लागि बाध्यता हो । जसले ओरालो लागेको मृगलाई वाच्छाले समेत खेद्छ भन्ने उखानलाई चरितार्थ गरेपनि सुधार्न नसकिने र एक गल्ती खेल खत्तमै अवस्थामा भने प्रचण्ड र पुराना दल नरहेको राजनीतिकशास्त्रीकै मत अहिलेसम्मको परिस्थितीमा वलियो देखिन्छ ।
प्रतिक्रिया