खेलकुद

विश्वकपको उपाधिका लागि भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने


आइसिसी विश्वकप २०२३ को फाइनलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो सेमिफाइनलमाभारतले न्युजिल्यान्डलाई ७० रनले दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराएर उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनल खेल आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ । भारत सन् २०११ र अस्ट्रेलिया सन् २०१५ पछि उपाधि जित्ने सोचमा छन् । भारतले २ पटक र अष्ट्रेलियाले ५ पटक उपाधी जितेका छन् ।

भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो । अस्ट्रेलियाले १९८७, १९९९,२००३, २००७ र २०१५ मा विश्वकपको उपाधी जितेको थियो । जारी विश्वकपमा भारतले लिगका ९ खेल नै जितेको थियो । भारत अपराजित एक्लो टोली हो । अस्ट्रेलिया लिग चरणमा भारतसँग ६ विकेटले पराजित भएको थियो ।

सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि लगातार ८ जितका साथ फाइनलमा स्थान बनाएको हो । दुबै टोलीले उपाधि जित्ने रणनीतिसहित अभ्यास थालेका छन् ।