विदेश

बाइडेनले सीलाई किन तानाशाह देखे ?, अब अमेरिका र चीनको सेनाबीच सैन्य समझदारी


काठमाडौँ — अमेरिका र चीन बीच व्यापारीक हिसावले सधै सितयुद्ध चलिरहेको छ । यसको समाधान निकाल्न चिनियाँ र अमेरिकी मध्यस्थकर्ताको वार्ता अमेरिका र चीनमा पटक पटक हुँदै आएको छ । तर वार्ताले अहिलेसम्म सार्थकता पाएको छैन । यस्तै पछिल्लो पटक फ्रान्सिस्कोमा आयोजित एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन समिटमा पनि दुई देशको यस्तै मन–मुटाव देखिएको छ । योसंगै चीन र अमेरिकाको फेरी पनि तनाव हुने संकेत देखिएको छ । विश्वका दुई शक्तिशाली राष्ट्रहरु अमेरिका र चीनले एक अर्कालाई विभिन्न विषयमा आक्षेप लगाईरहेको नौलो हैन ।

बाहीरी रुपमा एक भएको सन्देश दिएपनि यी दुई शक्ति राष्टको कटुता फेरि बाहीर आएको छ ।अमेरिका र चीनबीच सम्बन्ध सुधार उन्मुख भन्दापनि तनावपूर्ण बन्दै गएको देखिन्छ । व्यापारीक दृष्टिले सधै प्रतिस्पर्धि रहेका अमेरिका र चीन बीच सितयुद्ध जारी छ । साच्चै भन्ने नै हो भने चीन–अमेरिका सम्बन्ध वास्तवमा भयावह र तनावपूर्ण रहँदै आएको छ । गत वर्ष अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन क्रूद्ध बनेको थियो । यसै वर्षको सुरुमा अमेरिकाले, चीनले आफ्नो आकाशमा जासुसी बेलुन पठाएको आरोपसमेत लगाएको थियो ।

रुस र युक्रेनबीचको युद्धमा पनि यी दुवै शक्तिराष्ट्र विपरीत ध्रुवमा छन् । पछिल्लो समय ६ वर्षको क्तितता तोडेर चिनियाँ नेता सी जिनपिङ मंगलबार सान फ्रान्सिस्कोमा आयोजित एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन समिट (एपेक) मा भाग लिन सी अमेरिका पुगे । चीन र अमेरिका दुईपक्षीय उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क पुनर्स्थापनालगायत विभिन्न महत्त्वपूर्ण बुँदामा अमेरिकि राष्ट्रपति जो बाइडेनसंग सहमत भए ।

उनिहरुले लागुऔषध तस्करीविरुद्धको साझेदारीलाई पुनः ब्युँताउने, कृत्रिम बौद्धिकताका जोखिमबारे विज्ञको तहमा द्विपक्षीय छलफल र सहकार्य अघि बढाउनेलगायत विषयमा पनि शिखर वार्तामा सहमति भए । सी अमेरिका जाँदा त्यहाँका राष्ट्रपति बाइडेनले भव्य स्वागत गरेका थिए । सीलाई अमेरिकामा स्वागत गर्न पाउँदा गौरव र खुसी लागेको बाइडेनले बताए । तर कुकुरको पुछर १२ वर्ष ढुङग्रोमा हाले पनि बाङ्गाको बाङगै भने जस्तो

चीनका राष्ट्रपतिलाई भेटवार्ताको केही समयमा बाइडेनले तानाशाह भन्न भ्याए । बाइडेनले भने उनी यस अर्थमा तानाशाह हुन् कि उनले यस्तो देशको सत्ता सम्हालेका छन् त्यो कम्युनिस्ट देश हो जसको सरकार हाम्रोभन्दा पूर्णतया फरक प्रणालीमा आधारित छ । यसअघि गत जुनमा बाइडेनले सीलाई तानाशाह भन्दै हंगामा मच्चाएका थिए ।

उनको भनाइपछि चीनले उक्त टिप्पणीलाई वाहियात र गैरजिम्मेवारपूर्ण भनेको थियो । दुई देशका नेताहरु सार्वजनिक कार्यक्रममा देखिदा एक अर्काको खातिर दारी गरे जस्तो गर्ने र ओल्टेकोल्टे लागेपछि उछितो काड्ने प्रचलन कायम छ । यसले निकटता नभएर कटुता रहेको प्रस्ट संकेत गर्छ ।