Breaking

सत्तायात्राको शुत्र खोज्दै कांग्रेस, प्रचण्ड गलेनन्, ओलीको भर भएन, गठबन्धन फुटाउने कि टिकाउने ?


बाठमाडौँ — सरकारमा सवैभन्दा ठुलो हिस्सा वोकेर बसेको कांग्रेसको राजनीति भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गालीकै भरमा चल्न थालेको छ । संसदमा समेत ठुलो दल भएको तथा उसले चाहे सरकार नै ढल्ने स्थितीमा कांग्रेसकै कारण प्रचण्ड वद्नाम हुदाँ गालीको भार समेत उनैमा परेको हो । जहाँ नैतिक जिम्मेवारी लिने भन्दा दोधारे राजनीति गर्ने काग्रेसका महामन्त्रीसहितका नेताको व्यवहार बढो उदेक लाग्दो छ ।

नेपाली उखान, माछा देखे दुलो भित्र हात सर्प देखे दुलो वाहिर हात कसैका लागि चरितार्थ हुन्छ भने यतिवेला नेपाली कांग्रेसलाई हुने अवस्था छ । संसदको ठुलो दल तथा सत्तामा समेत ८ मन्त्रालय ओगटिरहेको उसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेरै राजनीति दुनो सोझाउने वाटो रोजेपछि यो उखान चरितार्थ भएको हो । अहिले सरकारमा उपप्रधान सहित रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्व कांग्रेस सत्तामा छ भने कानुन,अर्थ,रक्षा जस्ता महत्वपूर्ण मन्त्रालय उसैको भागमा छ । अझ गज्जव त उसले चाहे सत्ता नै ढल्ने अवस्था रहदाँ प्रतिपक्षी दल नेकपा एमाले समेत त्यसैको प्रतिक्षामा छ ।

एकातर्फ दुई दलसहितको राजनीतिमा देश अघि बढ्नुपर्ने वहस र अर्कातर्फ राजनीतिक स्थिरताका हिसावले समेत सहि कदम यहि हुनसक्ने चर्चाका विच प्रचण्डलाई कुनै हालतमा नवोक्ने एमालेले बताईसकेको छ । जुन परिस्थितीका लागि देउवा नै तयार नभएको तथा उनलाई फकाएर प्रचण्डले आफ्ना प्रयास विफल पारेको ईतर गुटले तर्क गर्दै आएको छ । जुन उनीहरुका लागि वहाना बन्दा कोशीको विद्रोहमा एमालेले साथ नै दिदा डा.शेखर कोईरालाले चालेको कदमलाई प्रचण्ड र सभापति शेरबहादुर देउवाले स्वीकारेका समेत थिए ।

तर त्यतिवेला समेत वटारिएर हिडेका तथा शेखरलाई एक्लाएका महामन्त्री गगन थापा अहिले चर्को वोलिरहेका छन । पार्टीको अनुशासनका नाममा थापाले साथ नदिदा कोशीमा एमालेलाई लोप्पा खुवाउन कोईराला नै बाध्य हुदाँ अहिले प्रधानमन्त्रीलाई नै गाली गरेर गगन रमाईरहेका छन । जसको पछिल्लो उदाहरण टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध महामन्त्री र ईतर पक्षका नेताहरुको अभिव्यक्ति बन्दा आफ्नै नेता कानुनमन्त्री रहेको उनीहरुले विर्सिका छन ।

कि वन्द कि यसै छोड्दिने मध्ये एक विकल्पमात्रै सरकारसंग हुदाँ मध्यमागी बाटो भन्दै नियमन शब्दलाई घुसाएका उनीहरु यो मन्त्रीपरिषदको निर्णय नभई प्रधानमन्त्रीकै निर्णयमात्रै भए जसरी प्रस्तुत भईरहेका छन । अर्थात आफ्नै हातमा चावी भएपनि त्यसलाई प्रयोग गर्ने भन्दा वाहिर गाली गरेजस्तो गर्ने तर भित्र त्यसलाई स्वीकारेर आफू निरिह भएजस्तो देखाउने लोकप्रियताको राजनीतिमा व्यस्त छन ।

हुन त गठबन्धन शब्द सुन्ने नचाहाने तर सरकारमा भाग खोज्ने गुटको राजनीति गरिरहेको भन्दै यसअघिबाटै कांग्रेस नेताहरुमाथि प्रश्न उठ्दै आएको छ । जहाँ आफ्नै सभापतिलाई सम्झाउन नसक्नेले समिकरण नै परिवर्तन गर्ने सक्ने आँट उनीहरुले गर्छन भन्नेमै विश्वास गर्नेहरु कम छन । जसमा देउवाले फायलमा आफ्ना तानिने डरकै कारण प्रचण्डलाई साथ दिन बाध्य भएको भएपनि आफ्ना पार्टी सभापतिको नैतिक हिस्सा ठुला कुरा गर्ने कांग्रेस नेताले समेत लिनुपर्ने एकाथरीको भनाई छ । त्यस्तै कोशीमा सरकार निर्माणका लागि भएको गैरसंवैधानिक प्रयास होस या त्यसले उत्पन्न परिस्थिती अनि केन्द्रमै पनि खुलेका फाईलहरु कमजोर बनाउने सवै काममा सवैभन्दा ठुलो हात कांग्रेसकै छ ।

जहासम्म सुनिल शर्मा पक्राउपर्ने विषयमा समेत माओवादी भन्दा कांग्रेसकै सक्रियता वढि रहेको प्रष्ट हुदाँ संसदीय अंकगणितको आकारका कारण कांग्रेसले भनेको मान्न बाध्य रहेको वहानासम्मको छुट प्रचण्डलाई छ । अर्कातर्फ पार्टी नेतृत्वकै तयारीमा रहेको शेखर कोईरालाल र प्रधानमन्त्री बन्ने भन्दै संसदीय दलको निर्वाचनमा हाक दिएका महामन्त्री गगन थापा निर्णायक कदम चाल्नुपर्ने राजनीतिक धरालत समेत उनीहरु छन । फलत ः सामाजिक सन्जाल र सन्चारमाध्यममात्र तताउने उनीहरुको काम गाली गरेर राजनीति गर्ने भन्दा माथि नभएको प्रष्ट राजनीति गर्ने भन्दा माथि नभएको बुझ्न कठिन छैन ।

यो विचमा कहिले आफ्ना मन्त्रीहरुलाई भेला पारेर त कहिले आफ्ना मन्त्री फिर्ता वोलाउनुपर्ने बताएर उल्टै प्रचण्डलाई थर्काउने कांग्रेसको रणनितिले प्रचण्ड अझ कांग्रेसका काम गर्न बाध्य बनेका थिए । जहाँ यो पटक कसैगरे सत्ता नछाड्ने रणनितिमा उनी रहेको वास्तविता समेत यसमा जोडिदा सत्ता जोगाउन आफूले गरेका काम समेत विचमै रोक्नुपर्ने बाध्यता भएको माओवादीको तर्कलाई नकार्न सकिदैन ।

फलत ः यो विचमा कांग्रेसले देखाएको डर सरकार सुधार्ने भन्दा आफ्ना काम गराउनेतर्फ उन्मुख भएको यसले प्रष्ट पारेको छ । यद्यपी आफू चोखो बसेर जनतालाई भ्रममा पार्न सक्ने खुविको उपयोग भने उनीहरुले आफूले सरकारलाई सचेत गराएको भन्ने भाष्य निर्माण गरेर गरिरहेका छन । जुन प्रचण्डका लागि त घातक छ नै वास्तविकताको हाडी फुटेका दिन कांग्रेसलाई त्यो भन्दा भारी नपर्ला भन्न सकिन्न ।