Breaking

आजको मौसम


काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ । दिउँसो कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।