काठमाडौँ — गाजामा इजरायली फौज र हमास लडाकुबीचको संघर्ष जारी छ । यो संघर्षले जनधनको ठुलो क्षती भएको छ । बिस्तारै हमास र इजरायलको युद्धले लामो दुरीको बाटोमा प्रबेश गर्ने संकेत पनि उतिकै बढ्दै गएको छ । भयावह हुँदै गएको युद्धमा इजरायली सेनाले गाजापट्टीको सबैभन्दा ठूलो अल शिफा अस्पतालमा हमासविरुद्ध छापा मारेको छ । इजरायली सेनाले हमासलाई आत्मसमर्पण गर्न आग्रहसमेत गरेको छ । ४० दिन बिति सक्दा पनि इजरायल–हमास युद्ध रोकिएको छैन । युद्ध रोकिनु त धेरै परको कुरा इजरायली सेना झनै आक्रामकरुपमा प्रस्तुत हुँदै गएको छ । इजरायली सेनाले आक्रमणलाई तीव्रता दिँदै गाजामा प्रवेश गरिरहेको छ । यसक्रममा हजारौँ निहत्था नागरिकहरु पनि मारिँदै गएका छन् ।
पछिल्लो पटक इजरायली सेनाले गाजापट्टीको सबैभन्दा ठूलो अल शिफा अस्पतालमा प्यालेस्टिनी हमास लडाकुहरू विरुद्ध छापा नै मा¥योे । इजरायली सेनाले हमास लडाकुलाई आत्मसमर्पण गर्न चेतावनी दिइरहेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. मुनिर अल–बुर्शले अल जजीरा टेलिभिजनसँग इजरायली सेनाले मेडिकल कम्प्लेक्सको पश्चिमी भागमा छापा मारेको बताएका छन् । उनले आफूहरु रहेको क्षेत्रमा ठूला विस्फोटहरू भइरहेको बताए ।
उनले अस्पताल भित्रै विस्फोट भएको विश्वास व्यक्त गरे । एक विज्ञप्ति मार्फत् इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छः ‘गुप्तचर सूचना र परिचालन आवश्यकताको आधारमा, आईडीएफले शिफा अस्पतालको क्षेत्रमा हमास विरुद्ध युद्ध गरिरहेको छ ।’ विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले गाजाको सबैभन्दा ठुलो अस्पताल अल शिफा चिहानको रुपमा परिणत भएको जनाएको छ । अस्पतालभित्र र बाहिर जताततै शवहरु छरिएर रहेको भन्दै डब्ल्युएचओले इजरायल र हमासबीचको युद्धले सर्वसाधारणको जीवन खतरामा परेको औंल्याउँदै विश्व जगतको ध्यानाकर्षण गरेको छ ।
इजरायलले पछिल्लो समय उक्त अस्तपताललाई लक्ष्य गरी हवाइ र स्थलगत आक्रमण जारी राखेकाले अस्पतालमा उपचाररत घाइतेहरु उपचार नपाएर धमाधम ज्यान गुमाउन बाध्य भएको भन्दै डब्ल्युएचओले तत्काल युद्ध रोक्न अपील गरेको छ । युद्धसँगै मुसलधारे वर्षाका कारण अस्पतालमा रहेका बिरामीहरु समस्यामा परेका छन् भने जनजीवन प्रभावित भएको छ। मुसलधारे वर्षाकाबीच पनि युद्ध भने जारी छ । युद्धका बीच मुसलधारे वर्षा हुँदा विस्थापितहरुको अवस्था झन कष्टकर बनेको छ । इजरायली सेनाले हमासको संसददेखि उसका सबै मुख्य अखडाहरुमा नियन्त्रणमा लिएको दाबी गरेको छ ।
उत्तरी गाजामा पूर्ण रुपमा नियन्त्रण गरेको दाबी पनि इजरायली सेनाको दाबी छ । त्यसो त महिनाँै बिद्दा पनि समस्याको समाधान हुन सकेको छैन । यसवीचमा हजारौँ निर्दोष जनताले अकालमै ज्यान गुमाइरहेका छन् भने हजारौँ घाईते भएका छन् । इजरायल हमास युद्ध नरसंहारकोरुपमा परिणत हुँदै गएकाले चाँडै समस्या समाधानको बाटो पहिल्याउन आवश्यक भइसकेको छ । गाजामा जारी संघर्ष नरोकिने हो भने आगामी दिनमा अझै सयौँ निर्दोष मानिसले ज्यान गुमाउनु पर्नेछ ।
प्रतिक्रिया