Breaking

फिल्ममा पनि भारतको दादागिरी, सलमानसँग भिड्दै निश्चल, ४ करोड स्वाहा ! स्वागतले सातो खाए


काठमाडौँ — विदेशी चलिचित्रको दवावमा शो कम दिएपछि निश्चल बस्नेत निर्देशित चलिचित्र दिमाग खरावको शो रोकिएको छ । हलमालिकको गलत नियतको शिकार आफू भएको भन्दै निर्माण पक्षले विरोध गरेको हो । फलत ः आफ्नो फिल्म हलबाट हटाएको उक्त टिमले यसलाई विभेदका विरुद्ध विद्रोहको संज्ञा दिएको हो । यो देशमा नेता मात्रै हैन, व्यापारी हुन् कि,उद्यमी भारतबाट पालित पोसित छन् भन्दा धेरै अनर्थ नहोला । राजनीति र व्यापारमा भारतको दबदबा नौलो हैन । तर अबत, हुँदा–हुँदा सिने क्षेत्र पनि यो घानबाट अछुतो रहन सकेन । अहिले नेपालमा उत्साहजनक रुपमा नेपाली चलचित्र ‘दिमाग खराब’ले बजार पिटेको छ ।

यो फिल्मले हलसम्म ह्वारह्वारती दर्शक तानेको केही हल मालिकहरुलाई पटकै मन परेको छैन । नेपाली फिल्मले घुँईचो लाग्ने गरी मान्छे तानेको देखेपछि भारतीय फिल्मको प्रर्वद्धन गरेर बसेका हल मालिकहरुको दिमाख खराब भएको छ । फलत उनिहरुले दिमाख खराबलाई निमोठ्न (शो) मा कैची चलाएकाछन् । विदेशी फिल्मलाई १० शो दिएका यी मालिकहरुले अहिले नेपाली फिल्मलाई बढिमा ४(शो)मा सिमित गरेर, भारतको भजन मण्डली गाइरहेकाछन् ।

वारीको खाएर पारीका व्यापारी पोस्ने नेपाली हलमालिकका कारण आजित भएर यसको निर्माण पक्षले दिमाग खराब चलचित्र प्रर्दशन रोक्ने निर्णय गरेको छ । चलचित्रका निर्देशक निश्चल बस्नेतले विदेशी फिल्मलाई १० शो दिदा आफुहरुको फिल्मलाई ४ शोमा सिमित गरेर निमोठ्ने काम भएको भन्दै यो विभेद कायम रहेसम्म आफ्नो फिल्म हलमा प्रदर्शन नगर्ने जानकारी दिएकाछन् ।

निश्चल बस्नेत अक्सर फिल्ममा दर्शक हसाउने अभिनय लिएर आउँने कलाकार हुन् । तर बुधबार सामाजिक सञ्जाल मार्फत उनि आफ्नो पीडा लिएर आएकाछन् । हल मालिकका नाममा केही माफियाहरुले विदेशी चलचित्रको प्रवद्र्धन गरेर नेपाली फिल्मलाई तुहाउन खोजेपछि उनले आफ्नो बेदना पोखेकाछन् । भावुक मुद्रामा देखिएका निश्चलले ४ करोड लगानीमा बनेको चलचित्रलाई हलले शो, नदिएर करोडबाट रोडमा ल्याउने प्रपञ्च भएकाले विभेदका विरुद्धमा विद्रोह गरीएको भनेकाछन् ।

फिल्म रोकिने चर्चा बाहीरीए संगै अधिवक्ता स्वागत नेपालले पनि सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेकाछन् । आक्रोशित भावमा नेपालले नेपालका चलचित्रालय (फिल्महल) का मालिकहरु इण्डियन फिल्मका कमिशन एजेण्टहरु भएको र आफुले सुरुबाटै यो विषयमा बोल्दै आएको भनेकाछन् । उनलेअहिले पनि नेपाली चलचित्र जतिसुकै राम्रो बने पनि इण्डियन फिल्मलाई मात्र हल दिने र नेपाली चलचित्रलाई हल नै नदिने गरेर विदेशी फिल्मबाट कमिशन खाइरहेको आरोप लगाएकाछन् । अधिवक्ता नेपाललेअहिले पनि एकै पटक चल्ने विदेशी फिल्मले १० शो टाइम पाउँदा नेपाली चलचित्रले ३ देखि मुस्किलले ४ शो टाइम मात्र पाएको भन्दै नेपाली कला संस्कृति र कलाकारलाई माया गर्ने सबैले यसको विरोध गर्नुपर्नेमा जोड दिएकाछन् ।

यता भित्रभित्रै पीडाले निसास्सिएर छटपटिएका निश्चलकोभाव भंगीले पनि उनि बेछट्टै पीडामा छन् भन्ने अड्कल काट्न मुस्किल छैन । फिल्मले दर्शक नपाउनु एउटा कुरा होला तर यतिका दर्शकको साथ सहयोग पाएको फिल्मले शो, नपाउनु दुर्भाग्य हो । सायद त्यही भएर पनि निश्चल भावुक छ्न। करोडौं लगानी र मेहनत केही माफियाको कारण सिण्डिकेटमा पर्दा डुब्ने अवस्थामा पुगेको छ । उनले धेरै नाफा भन्दा पनि लगानी सुनिश्चिताको बाटो खोजेकाछन् ।

नेपाली र विदेशी फिल्महरूलाई बराबर शो नदिएको र फिल्म लागिरहने बेलासम्म ५० प्रतिशत प्रोड्युसरलाई नदिएको भन्दै ‘दिमाग खराब’को निर्माण पक्षले असन्तुष्टि राखेको छ । निश्चल निर्माण टिमको यो विद्रोह प्रतिविम्ब बनोस, विदेशीको चास्नीमा परेर नेपाली फिल्मलाई हलसम्म पुग्न नपाउँदै निमोठ्ने माफियाहरुको विषयमा खबरदारी गर्ने बेला आएको छ । जुन कुरा दिमाग खराबले सुरुवात गरेको छ । निश्चललेको निर्देशन रहेको चलचित्र ‘दिमाग खराब’मा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन्।