Breaking

प्रधानमन्त्री प्रचण्डद्धारा शंखधर साख्वाको शालिकमा माल्यार्पण


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्नéएको छ । नेपाल संवतका ११४४ अवसरमा प्रधानमन्त्री प्रचण्डले भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर खाख्वाको प्रतिमामा माल्यार्पण गर्नुभएको हो ।


उहाँले राष्ट्रिय विभूति साख्वाको योगदानको स्मरण गर्दै आजैदेखि सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरिएको बताउर्नुुभएको छ । कार्यक्रममा प्रधानमन्त्रीसहित पर्यटनमन्त्री सुदन किराती, पूर्वगृहमन्त्री रास्वपाका सभापति रवि लामिछानेलगायतले पनि शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्नुभएको हो ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो ।