Breaking

आज नेपाल संवत् ११४४ मनाइँदै

आजबाट सरकारी कागजातमा नेपाल संवत् उल्लेख गरिने


नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपाल संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । सरकारले साख्वालाई राष्टिय विभूति घोषणा गरेको छ भने सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ । यसैबीच, आजै नेवार समुदायमा म्हः पूजासमेत गरिँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायका लागि शंखधर साख्वाले खेलेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । देशकै गरिमा र मौलिकताका निम्ति साख्वाले पु¥याएको योगदान सबैका लागि प्रेरणादायीरहेको प्रधानमन्त्रीको भनाइ छ ।