विदेश

इजरायललाई दबाबमा राख्ने हिजबुल्लाहको घोषणा


काठमाडौँ — हमास र इजरायलबीच युद्ध सुरु भएको ३७ औं दिनसम्म पुग्दा गाजा क्षेत्रमा मात्रै ११ हजारमाथी प्यालेस्टिनीको मृत्यु भएको दाबी गरिएको छ  । यो युद्ध कहिलेसम्म चल्छ भन्ने एकिन छैन । इजरायल र हमासको वारले अहिले गाजा क्षेत्र रणभूमीमा परिणत भएको छ । गत असोज २० (अक्टोबर ७) मा इजरायलको दक्षिण क्षेत्रमा प्रवेश गरी हमासको आक्रमणमा १० नेपालीसहित १२ सय जना मारिए । केही दिन सोकमा डुबेर शक्तिमा बदल्दै इजरायलले युद्धको घोषणा नै ग¥यो । युद्ध सुरु भएको ३७ औं दिनसम्म पनि युद्ध जारी छ ।

जसमा गाजा क्षेत्रमा मात्रै ११ हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको दाबी गरिएको छ । इजरायलका एक सैन्य अधिकारीले हमाससँग भएका चार हजार लडाकुको १० प्रतिशत मारिएको दाबी गरेका छन् । इजरायलले हमासलाई सैन्य र राजनीतिक रूपमा अन्त्य गर्ने र बन्धक बनाइएका २ सय ४० जनालाई छुटाउने भन्दै दुई साताअघि गाजा क्षेत्रमा इजरायली सैनिक खटाएको छ । बन्धकहरूलाई छुटाउन दबाब दिन हजारौं इजरायली नागरिकले शनिबार राति तेल अभिभमा बृहत् ¥याली निकालेका थिए ।

इजरायली सेनाले उत्तर र दक्षिण गाजालाई विभाजित गरेर गाजा सहरलाई घेरेको दाबी गरेको छ । ‘हामी गाजा सहरको मुटुमै तैनाथ छौं इजरायली सेनाले भनेको छ, ‘हामीले उत्तरी गाजा क्षेत्रलाई घेरामा पार्न सफल भएका छौं । यता हिजबुल्लाह नेताले दक्षिण लेबनानबाट इजरायललाई दबाब जारी राख्ने बताएका छन् । हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले इरान समर्थित सशस्त्र समूहले सैन्य कारबाही गरेर दक्षिणी लेबनानबाट इजरायललाई दबाब दिने बताएका छन् ।

एक टेलिभिजन सम्बोधनमा नसरल्लाहले इजरायलको धम्कीको बाबजुद हमासले दक्षिणी इजरायलमा फरक हमला गरेको एक दिनपछि हिज्बुल्लाहले अक्टोबर ८ देखि सैन्य कारबाही गरिरहेको बताए । जसमध्ये अधिकांश ड्रोनबाट हमला भएको थियो । सशस्त्र समूहले इजरायलको विरुद्ध कारबाही बढाएको छ । गत हप्तादेखि बुर्कान मिसाइलहरू तैनाथ गर्दै र दैनिक आधारमा टोही ड्रोनहरू पठाउँदैछ । जसमध्ये केही इजरायली शहर हाइफासम्म पुगेका नसरल्लाहले बताए । उनले गाजामा इजरायली आक्रमणलाई समर्थन गरेकोमा अमेरिकाको आलोचना समेत गरेका छन् ।

हालसम्म इजरायलले २३ हजारभन्दा बढी हतियार प्रयोग गरी १४ हजारभन्दा बढी पटक आक्रमण गरिसकेको छ । यो हमलामा हमासका वरिष्ठ कमान्डरहरूसहित दर्जनौं उच्च अधिकारीहरू मारिएको दाबी छ । यो युद्ध कहिलेसम्म चल्छ भन्ने एकिन छैन । इजरायल र हमासको वारले अहिले गाजा क्षेत्र रणभूमीमा परिणत भएको छ । हमासको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजालाई ‘उजाड टापु’ मा परिणत गर्ने धम्की दिएका छन् । फलत गाजा क्षेत्रमा सर्वसाधारण र बालबालिकाको मृत्यु बढ्नुका साथै मानवीय संकट बढेपछि इजरायलको अहिले आलोचना सुरु भएको छ ।