Breaking

मन्त्रिपरिषद निर्णयः सामाजिक सञ्जाल टिकटक बन्द गर्ने

टिकटकबाट सामाजिक सद्भाव विगारेको भनाई


काठमाडैं । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने निर्णय भएको तर मिती नतोकीएको मन्त्री शर्माको भनाई छ । ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ने जनाईएको छ ।