देश

सङ्खुवासभाको खाँदबारीमा देवकोटाको जन्मजयन्ती


काठमाडौँ — मकालु साहित्यिक समाजले जन्मजयन्तीको अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झिएको छ । समाजले ११५ औ जन्मजयन्तीका अवसरमा संखुवासभाको खाँदवारीमा माध्यमिक तहका विद्यार्थीहरुबिच महाकवि देवकोटा विषयक बाल कविता प्रतियोगिता,कवि गोष्ठी तथा प्रतिभा सम्मान गरेर देवकोटालाई सम्झिएको हो ।

प्रतियोगितामा हिमालय माध्यमिक विद्यालयका सौजन कट्टेल प्रथम ,महेन्द्र मावि मानेभन्ज्याङका उमा वानियाँ र लक्ष्मी वानियाले द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । त्यस्तै कार्यक्रममा खाँदबारी डाँडामा चालिसौ बर्षबाट निरन्तर सारङ्गी रेटेर जीवनको कहानी सुनाउदै आएका बमबहादुर गन्धर्वलाई कार्यक्रमका अध्यक्ष ताराबहादुर बुढाथोकीले टोपी र माला लगाएर सम्मान गरेका हुन ।

कार्यक्रममा जिसस प्रमुख ,प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की,न्यू भैरवी दलका मेजर ,जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठ लगायत दुइ दर्जन बढी कवि उपस्थिती रहेको थियो । बीसौ बर्षदेखि मकालु साहित्यिक समाजले निरन्तर गर्दै आएको यो कार्यक्रमलाई यो पटक भने स्थानीय तीनवटा टोल,देवकोटा जागरुक आमा समूहले व्यवस्थापनमा सहयोग गरेका थिए ।