Breaking

वर्षाअघि नै भूकम्प पीडितलाई नयाँ घर दिन सकिन्छ : जनार्दन शर्मा


काठमाडौँ – गृह जिल्ला रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा सक्रिय माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनर्निर्माणको महत्वाकांक्षी योजना अघि सारेका छन् । वर्षायाम सुरु हुनुभन्दा अघि नै पीडितहरुलाई नयाँ घरमा सार्न सकिने रोडम्याप शर्माको छ ।

भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण गरी तीन चरणको कार्य योजना बनाएका शर्माले मानवीय उद्धारको काम पूरा भएको र राहत वितरणको काम जारी रहेकाले अब पुनर्निर्माणको तयारी भइरहेको बताए ।

उनले भने, ‘पुनर्निर्माणका काम दुई चरण हुनेछन् । पहिलोमा अस्थायी टहरा निर्माण गरिने छ । टेम्पोररी लिभिङ सेन्टर (टि.एल.सी.) अर्थात अस्थायी छानाहरुले नयाँ घर नबनेसम्मको समयलाई आश्रय दिनेछन् र दोस्रोमा भूकम्प प्रतिरोधी नयाँ घरहरु बनाउनुपर्ने छ ।’

पुनर्निर्माणको चरणमा प्रधानमन्त्री प्रचण्डले भनेअनुसार भूकम्प पीडितलाई व्यवस्थित आवासको व्यवस्था हुनेमा पनि आफू विश्वस्त रहेको उनी बताउँछन् ।