काठमाडौँ– इजरायल–हमास युद्ध एक महिनाभन्दा बढी समयदेखि जारी युद्ध विश्रामको सम्भावना अझै देखिँदैन । युद्ध जारी रहँदा विश्वनै दुई धुव्रमा विभाजित भएको छ । युद्धको चपेटामा बालबालिका परेका छन् । शनिवार मात्र प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले अल शिफा अस्पतालमा भर्खरै जन्मेका ३९ शिशुको मृत्यु भएको जानकारी दिएको थियो ।
इजरायल–हमास युद्ध एक महिनाभन्दा बढी समयदेखि अझै जारी छ । युद्ध विश्रामको सम्भावना अझै देखिँदैन । युद्ध जारी रहँदा विश्वनै दुई धुव्रमा विभाजित भएको छ । युद्धबिराम गर्न पहल भइरहदा शक्ति राष्ट्रहरु इजरायलको पक्षमा उभिएका छन् भने अरब राष्ट्रहरु हमासको साथमा छ । शनिवार मात्र प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले अल शिफा अस्पतालमा भर्खरै जन्मेका ३९ शिशुको मृत्यु भएको जानकारी दिएको थियो । एक चिकित्सकले अल–शिफामा बिजुलीको अभावका कारण शिशुको मृत्यु भएको जानकारी दिए ।
२० नवजात शिशुलाई शल्य चिकित्सा थिएटरमा राखिएको बेला सो आक्रमण भएकाले ‘मृत्युको जोखिममा रहेको’ स्वास्थ्य मन्त्रालयले जनाएको थियो । अक्टोबर ७ बाट सुरु भएको युद्धमा गाजापटीमा मात्रै ११,००० भन्दा बढी मानिस मारिएका छन् । जसमध्ये ४५०० भन्दा बढी बालबालिकाको ज्यान गएको बीबीसीले जनाएको छ । कतारमा अरबी मुलुकहरु र अमेरिकाबीच गाजामा बन्धक बनाइएका नागरिकलाई रिहा गर्नेबारे चरणबद्ध रुपमा वार्ता हुँदै आएको छ ।
हमासले इजरायली महिला र बालबालिकालगायत विदेशी नागरिक बन्धक बनाएकोमा उनीहरुलाई रिहा गर्नुपर्ने, इजरायलले प्यालेष्टिनी क्षेत्रमा गरिरहेको आक्रमणलाई अस्थायी रूपमा रोक्नुपर्ने लगायत प्रस्ताव वार्ताका क्रममा विभिन्न देशहरुले अघि सारेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गाजामा युद्धविरामको लागि आह्वान गरेका छन् । यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि म्याक्रोनको टिप्पणीलाई तुरुन्तै प्रतिक्रिया दिएका छन् । इजरायले गाजामा अन्तर्राष्ट्रिय कानुन नतोडेको उनको तर्क छ ।
प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको बन्धकमा रहेका आफ्ना आफन्तहरूको सुरक्षाको माग गर्दै हजारौं इजरायलीहरू सडकमा उत्रिएका छन् । शनिबार तेल अभिभस्थित इजरायलको सैनिक मुख्यालय अगाडि हजारौं नागरिकहरूले प्रदर्शन गरेका छन् । शनिवारै इजरायलले लेबनानको राजधानी बेरूतलाई पनि गाजाजस्तै बनाइदिने कडा धम्की दिएको छ । हिजबुल्लाहका नेता हसन नसरल्लाहको अभिव्यक्तिबारे बोल्दै इसराइलका रक्षामन्त्री योआव गालान्टले बेरूतलाई पनि गाजाजस्तै बनाइदिने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ । त्यस्तै पछिल्लो एक सातायता इजरायलमाथि ड्रोन र विमानसहित शक्तिशाली मिसाइलहरू पनि प्रहार गरिएको बताएका थिए ।
उनले इस्लामिक देशहरू इजरायलविरूद्ध एकजुट हुनुपर्ने पनि बताए । गत बुधबार ५० बन्धकको रिहाईका लागि इजरायल र हमासबीच करिब सहमति हुने अवस्था बनेको भएपनि इजरायलले गाजामा आक्रमण तीव्र बनाएपछि वार्ता बिथोलिएको थियो । यस्तैै संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्लूए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना कर्मचारी मारिएको प्रति दुखव्यक्त गरेका छन् । उनले युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारी मारिएको जानकारी दिए । इजरायलले अक्टोबरमा हमासको आक्रमणपछि गाजामा आक्रमण गर्न थालेको थियो । उक्त आक्रमणमा १,२०० सर्वसाधारणको ज्यान गएको थियो । २०० भन्दा बढीलाई बन्धक बनाएर राखेको बुझिएको छ । गाजामा ११,००० भन्दा बढी मानिस मारिएको हमासको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो । जसमध्ये ४५०० भन्दा बढी बालबालिका मारिएका छन् ।
प्रतिक्रिया