विदेश

अमेरिका फकाउँदै अरबी राष्ट्र, दबाबमा नेतान्याहू


कतारमा अरबी मुलुकहरुर अमेरिकाबीच गाजामा बन्धन बनाइएका नागरिकलाई रिहा गर्नेबारे चरणबद्ध रुपमा वार्ता सुरु भएको छ । हमासले इजरायली महिला र बालबालिकागायत विदेशी नागरिक बन्धक बनाएकोमा उनीहरुलाई रिहा गर्नुपर्ने, इजरायलले प्यालेष्टिनी क्षेत्रमा गरिरहेको आक्रमणलाई अस्थायी रूपमा रोक्नुपर्ने लगायत प्रस्ताव वार्ताका क्रममा विभिन्न देशहरुले अघि सारेका छन् । ईजरायल र हमासबीच जारी युद्धलाई मत्थर बनाउने र जनधनको क्षति न्यूनिकरण गर्ने पाटोबाट बहस सुरु भएको छ । हमास विद्रोही समूहले असोज २० गते इजरायलमा आक्रमण गर्दा १० नेपालीसहित अहिलेलसम्म हजारौँले ज्यान गुमाईसकेकोमा थप क्षति हुन नदिन विभिन्न विकल्पमा छलफल सुरु भएको हो ।

इजरायलले प्यालेष्टाइनको गाजा क्षेत्रमा हमला जारी नै राखेखिरहँदा हमास विद्रोहीलाई निमिट्यान्नै पार्न भन्दै स्थलगत आक्रमण निरन्तर भईरहेको छ । इजरायली सेनाहरु गाजाका अस्पतालहरू नजिकै क्षेत्रमासमेत तैनाथ भईरहेका छन् । अन्तराष्ट्र सञ्चारमाध्यमका अनुसार इजरायली सेना गाजाका मुख्य अस्पताल अल शिफा, अल कुड्स, अल रेन्टिसी र इन्डोनेसियाको अस्पतालहरुनजिकै रहेका छन् । हमासले अल शिफा अस्पतालमुनि बनाइएको सुरुङबाट हमला गरिरहेको इजरायलले आरोप लगाईरहँदा हमासले यो आरोपको खण्डन गरेको छ । हमास र इजरायलबीचको जारी युद्ध पहिलो भने होइन ।

असोज २० गते हमास समूहले इजरायलमा अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेपछि इजरायलले गाजापट्टीमा बम बर्साइरहेको छ । पछिल्लो तथ्यांक अनुसार हमास आक्रमणमा परी १० नेपालीसहित १२ सय भन्दा बढी इजरायलीको ज्यान गईसकेको छ । इजरायलले हमासको आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्यामा परिमार्जन गरेको छ । इजरायलले यसअघि अक्टोबर ७ मा हमासको आक्रमणमा आफ्ना १४ सय मानिस मारिएको बताएको थियो ।

तर अहिले उसले मृत्यु हुनेको सङ्ख्या १२ सयको हाराहारीमा रहेको जनाएको छ । इजरायलले गाजापट्टीमा गरेको आक्रणमा ११ हजार भन्दा बढी प्यालेष्टिनीले ज्यान गुमाएका छन् । २ महिनाभन्दा धेरै समयदेखी भैईरहेको युद्धकै क्रममा वार्ताका चरणहरु सुरु हुँदे अब भने त्यहाँको अवस्था केही सान्त हुन सक्ने आंकलन गरिएको छ । गाजामा बन्धन बनाइएका नागरिकलाई रिहा गर्नेबारे देशहरुले छलफल गरिरहँदा इजरायल र हमासले हाल बन्धक मुक्त गर्ने दुई थरी प्रस्तावमा अघि बढाएका छन् । इजरायली अधिकारीका अनुसार गाजामा कट्टरपन्थी इस्लामिक समूह (हमास)सँग २ सय भन्दा बढी इजरायली बन्धक छन् ।

पहिलो प्रस्तावअनुसार हमासले इजरायली महिला र बालबालिकाकालगायत विदेशीसहित १० देखि २० जना नागरिक बन्धकलाई रिहा गर्नुपर्ने छ । यद्यपि हमासले गाजामा रहेका कुनै पनि इजरायली सैनिकलाई रिहा गर्न अस्वीकार गरेको इजरायली अधिकारीको भनाइ छ । हमासको राजनीतिक कार्यालय रहेको कतारमा वरिष्ठ अमेरिकी अधिकारीसँग अरब देशका अधिकारी वार्तामा जुटेका छन् । यता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गाजामा युद्धविरामको लागि आह्वान गरेका छन् । उनले युद्धको अन्तर्राष्ट्रिय नियम र मानवीय अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्ने बताएका छन् ।

यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि म्याक्रोनको टिप्पणीलाई तुरुन्तै प्रतिक्रिया दिएका छन् । इजरायले गाजामा अन्तर्राष्ट्रीय कानुनी नतोडेको उनको तर्क छ । उनले भनेका छन् – म राज्यको प्रमुख हुँ । इजरायललाई यसरी आलोचना गर्नु उपयुक्त हुदैँन ।’ वार्ताका केही चरण सुरु हुँदा द्धन्द केही मत्थर हुने आंकलन हुन थालेको छ भने नागरिकको सुरक्षाको प्रत्याभुत गराउन सुरु भएको बताईन्छ ।