Breaking

उग्र राजावादी बन्ने प्रतिष्पर्धा, दुर्गा र रविन्द्र अगाडि, लिङ्देन ओलीको बिचौलिया, गणतन्त्रवादीमा डर


काठमाडौँ — देशमा बढ्दो अराजकता र जनताका सपना पुरा नहुदाँ वर्तमान व्यवस्था धरापमा पर्न थालको चर्चा व्यापक छ । नेपाली राजनीतिमा उथलपुथल नै आउने एकाथरिको विश्लेषणका विच राजावादीप्रति जनसमर्थन ह्वात्तै बढेको उनीहरुको दावी छ । जुन शक्तीले ज्ञानेन्द्र शाहलाई नै राजा बनाउने उनीहरुको हल्लाकाविच राजावादीमा देखिएको फुटले राजालाई ल्याउने असली शक्ति कुन हो ? कसको काधमा चढेर राजा फर्किछन भन्ने प्रश्न भने रोचक बन्दै गएको हो ।

नेपाली राजनीतिक दलका चरित्रबारे चर्चित भनाई छ – सवैका आ–आफ्ना दोकान छन् । हुन पनि वरमझियाको पेडा पसल झै आफू असली भएको दावी गर्ने उनीहरु के कारण आफू उत्कृष्ट, के कारण अरु गलत भन्ने टिप्पणीमा रमाईरहेका छन् । ठ्याक्कै पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायहिटिमा फर्काउने र देशमा राजतन्त्र स्थापना गर्ने सपना देख्नेहरु समेत यहि भनाईमा समेटिएका छन । राजा ल्याउने अभियान र शक्ती दावी गर्ने कै कुरा गर्ने हो भने यस्ता संस्था दर्जनकै हाराहारीमा छन ।

राजाले धोका दिएपछि रन्थनिएर गणतन्त्र अगाल्ने भन्दै फेरि राजा वोक्न आएका कमल थापा हुन कि वैकल्पिक राजनीति भन्दै राप्रपामा आईपुगेका पूर्वपत्रकार रविन्द्र मिश्र हुन । सवै यसैको दौडमा रहदाँ अहिले अभियन्ता भन्ने दुर्गा प्रसाई समेत यसमा समेटिएका छन । उनीहरुको यहि लाईनमा पूर्वमन्त्री केशरबहादुर विष्ट समेत समेटिएका छन् । यद्यपी अहिलेसम्म दरबारले भने आधिकारिक रुपमा कुनै संगठनलाई नच्याप्दा यस्ता शक्तीहरु को पूर्वराजाको नजिकको भन्ने दौडमा छन ।

जुन निकटता प्रमाणित गर्न उनीहरुको दौडमा केहि रकम वाँडेर मनोरन्जन पूर्वराजाले गरिरहेको एकाथरीको चर्चाका विच चिकित्सा शिक्षालाई व्यापार बनाउन अनेक तिकडम लगाउने दुर्गा प्रसाईं अहिले राजावादीकै नाममा भीड उचाल्दै बैंक तथा वित्तीय संस्थाको ऋण तथा ब्याज नतिर्ने अराजक अभियान चलाइरहेका छन् । जसले महाअभियानका नाममा पूर्वराज परिवारलाई नै पानसमा बत्ति वाल्न सडकमा उतार्दा उनी त्यसैको व्याज खाईरहेका छन । उनको पछाडि देखिएको केहि भिडले पूर्वराजा समेत उत्साहित बन्दै त छैनन भन्ने प्रश्नका विच प्रसाई अहिल ज्ञानेन्द्रलाई काधमा वोकेर नारायणहिटिमा पसाउन सक्ने एकमात्र शक्ती आफूमात्र भएको झै हुंकार गरिरहेका छन ।

कमल थापा र राजेन्द्र लिङदेनमा को असली राजावादी भन्ने होड पुरानै रहदाँ थापामा केहि समय त्यो मोह भंग भएको थियो । अहिले सडकमा आफ्ना कार्यकर्ता उत्रार्दै देशमा देखिएका निराशा क्यास गर्न अघि बढेका उनी पहिलेकै बाटोमा अघि बढेका छन । जहाँ लिङदेन आफूभन्दा असली राजावादी अरुलाई मान्दैनन् भने कमल थापा उनका लागि चुनौती भन्दा धेरै टाढा छन ।

त्यस्तै दुर्गा प्रसाई अराजकता तर्फ लाग्दा उनी जस्ताले राजतन्त्र फर्काउने गणतन्त्र फर्काउन नसक्ने लिङदेनले सार्वजनिक अभिव्यक्ति दिदै आएका छन । अर्थात यहि व्यवस्थाबाट चुनाव जितेर मन्त्री,प्रदेश सभामुख पडकाउने तथा मुख्यमन्त्रीकै लागि दावी गर्ने उनीले राजावादीको टे«डमार्क आफूमा रहेको विश्वास दिलाएर राजावादीलाई भ्रममा पार्न छाडिसकेका छैनन् । तर राजतन्त्रको पक्षमा कुनै वेला छद्म नाममा लेख लेख्ने रविद्र मिश्र अहिले काँचो वायु भन्दा कडा राजावादी निस्किएर लिङदेनमाथि पार्टी भित्रै दवाव बढाईरहेका छन ।

राष्ट्रपति र व्यवस्थामाथि निक्कै आक्रामक देखिने मिश्रले राजाको पाउमा परेर टीका थाप्दा राजेन्द्र लिङ्देनले भने पूर्व नछाडेको दृश्यले नै उनीहरुबीचको दरार प्रष्ट देखिन्छ । फलत ः कतै राजावादी दावी गर्नेहरुकै कारण गणतन्त्रवादीहरु ढुक्क भईरहेका त छैनन भन्ने प्रश्न समेत यसले उब्जाँउदा आफू फर्किने सपनामा पूर्वराजाले गरिरहेको लगानी समेत गलत ठाँउमा भईरहेको हुनसक्ने राजसँसस्था पक्षधरहरुको आशंका छ । यद्यपी राप्रपा अध्इक्ष लिङदेन भने आफ्ना कार्यकर्तालाई राजा फर्काउने सहि शक्तीमा एकजुट भएको दावी गर्दै आएका छन् ।

एउटै एजेण्डा वोक्नेहरुविच अन्तर संगठन र पार्टीभित्र देखिएको टकरावको अवस्था साथै पार्टीभित्रै को सक्कली राजावादी देखिने भनेर बढेको आन्तरिक प्रतिस्पर्धा उनीहरुकै लागि घातक बनिरहेको छ । यसले राजा चाहियो भन्नेहरुमै दिग भ्रमित हुने अवस्था सिर्जना गर्दा गणतन्त्रवादीहरु यहि कारण आत्मविश्वासी देखिदै आएका हुन । त्यस्तै कस्ताको काधमा चढेर पूर्वराजा फर्किने सपना देख्दैछन भन्ने यसले प्रष्ट पार्दा आजै फर्किन्छ या भोली नै भन्ने राजावादीको उत्साह मनोविलासको वहस भन्दा माथि नभएको प्रष्ट छ ।