Breaking

राष्ट्रिय विभूति तथा किराँत धर्मावलम्बीका महागुरू फाल्गुनन्दको १३९औँ जन्मजयन्ती मनाइँदै


काठमाडौँ – किराँत धर्मावलम्बीका महागुरू फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
विसं १९४२ सालमा इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ ।

नेपाल सरकारले २०६६ साल मंसिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो ।

फाल्गुनन्दको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरू फाल्गुनन्द जयन्ती मनाउने गरेका छन् ।