देश

सानिमा बैंकको दराजसंग ११ः११ योजनाका लागि सहकार्य


काठमाडौँ — सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘११ः११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,०००/– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,५००/– सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दीसुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०८० कात्तिक २५ देखि २०८० मंसिर ६ गतेसम्म १२ दिनका लागि लागू हुनेछ । बैँकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।