Breaking

राहत अपरहणले बद्नाम बने जनार्दन, मध्यरातमा कसले मोड्यो गाडी ?दृश्यमा भेटियो तथ्य


काठमाडौँ — माओवादीमा सधै आलोचना र विवादको वरी परि रहने नेता औंला भाचेर गन्न थालियो भने, उपमहासचिव जनार्दन शर्मा पहिलो नभएरमै पर्छन् । यदि अलि धकेलिएर गए भने दोस्रो भन्दा पर जादैनन् । अर्थमन्त्रालयमा हुँदा अनर्थ गरेको आरोप खेपेका शर्मा फेरि भुकम्प पीडितको राहत कव्जा गरेको विवादमा परेकाछन् । शसस्त्र जनयुद्धमा माओवादीले मान्छे अपहरण गरेर गोली ठोकेको घट्ना नौलो हैन् ।

तर शहर पसेर सत्ता कब्जा हानिसकेको माओवादी यति बेला राहत कब्जाको आक्षेप खेपिरहेको छ । शहरीया राजनीतिमा पनि जंगली स्वभाव देखाएको भन्दै अहिले माओवादीका चल्दा पुर्जा नेता जनार्दन शर्मा प्रभाकरको आलोचना सुरु भएको छ । हिजो जंगल युद्ध छेडेका प्रभाकरको धंङधङी अझै नगएको होकि उनको खप्परै अब्जसिया हो, उनै जानुुन् तर भुकम्पले ढलेको जाजरकोट र पश्चिम रुकुम जनार्दन र शक्ति बस्नेत जस्ता माओवादी नेताका लागि काम गरेर देखाउने सुनौलौ अबसर हो ।

विगत देखिनै विवादमा परेर धुमिल भएका जनार्दनका लागि अहिले यो साख फर्काउने मौका थियो तर उनले यही मौकामा चौका हान्न खोज्दा फेरि राहत अपहरणको विवादमा लपेटिएकाछन् । जनार्दनले सरकार र सार्वजनिक संघसंस्थाबाट जाजरकोटका लागि पठाइएको राहत सामग्रीको ट्रक अपहरणको शैलीमा कब्जा गरेर सल्लीबजारबाट मोडेर रुकुम पश्चिम पु¥याइएको आरोप छ ।

यद्यपी जनार्दनले उक्त आरोपको खण्डन गरेकाछन् । सामाजिक सञ्जाल फेसबुक मार्फत शर्माले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा भुकम्प गएको भोली पल्ट देखीनै आफु सो क्षेत्रमा खटिएको र विपतकालीन संवेदनशील घडीमा कुत्सित नियतका साथ आफुलाई बदनाम गराउन यस्ता विषय बाहीर ल्याइएको भन्दै भ्रामक कुराको पछि नलाग्न भनेकाछन् ।
राजनीतिक रुपमा जदनार्दन माथि प्रश्न उठाउने सयौं ठाउँछन् ।

सधै विवाद र प्रश्नको चौघेरामा पर्ने जनार्दनलाई अर्थमन्त्री हुँदा अनर्थ गरेको विषयले अहिले पनि टोक्न छोडेको छैन । तर यति बेला विपतमा आपत परेका जनताका खातिर शर्माले गरेका केही सम्झिन योग्य काम पनि छन् । जनार्दनले एक जना बोल्न नसक्ने भुकम्प प्रभावित क्षेत्र आठबिसकोट नगरपालिकाका नागरिकको घरमा पुगेर सांकेतिक भाषामा घर बनाईदिने आश्वासन दिएको देख्न सकिन्छ । उनले म छु , ढुक्क हुनु घर बन्छ भनेको भाव बुझ्न सकिन्छ ।

भुकम्पबाट जाजरकोट र रुकुम पश्चिम तत्काल उठ्न नसक्नेगरी थिलथिलो भएको छ । रुकुम पश्चिम माओवादीका उपमहासविच तथा सांसद शर्माको क्षेत्र हो । उनि यति बेला जनता संगै छन् । भुकम्पले घर ढलेपछि खुल्ला आकास मुनि बसेका आफ्ना क्षेत्रका नागरिकका लागि पाल टाङने देखि सुरक्षाकर्मि संगै खावाखुट्टी गाड्ने सम्मको काममा जनार्दन आफै खटिएकाछन् । यो विपतको बेला जनताको लागि उनले जे गरिरहेकाछन् त्यो सराहनिय कार्य हो ।

जनार्दन दिनमा नागरिकको अवस्था बुझ्ने र राहतको प्रवन्ध मिलाउने देखि रातमा क्रियापुत्री बसेको पालमा पुगेर पनि सहानुभुति बाडिरहेकाछन् । तसर्थ यसअघि विवादीत व्यक्ति हो भन्दैमा विपतका बेला नागरिकका लागि उनले अहिले गरेका कामलाई भुलेर विवादमा तानिरहनु वान्छनिय नहोला ।

जाजरकोट र रुकुम पश्चिम माओवादीको आधार इलाका हो । रुकुम पश्चिमका जनताले जनार्दनलाई राजनीतिमा कहिले मन कुड्याएका छैनन् । अर्थात उनले चुनाव हारेको क्षण अनुभव गरेकाछैनन् । संविधान सभाको विर्नाचनसहित चार पटक चुनाव जितेर सांसद बनेका शर्मा चारैपटक मन्त्री बनिसकेकाछन् । उनले अहिलेसम्म शक्तिशाली गृह,अर्थ, उर्जा र शान्ती तथा पुननिर्माण मन्त्रीको भुमिका निर्वाह गरीसकेकाछन् । सरकारका हुँदा सन्तोष जनक काम गर्न नसकेका उनले भुकम्पमा केही गरेर विगतको छविलाई पखाल्न सकुन ।