Breaking

धरानमा विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन


काठमाडौँ — धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको निर्देशनमा नेपाल नागरिक उड्ययन प्राधिकरणले तीन सदस्यीय कार्यदल गठन गरेको हो । प्रबन्धक ई.नलबिक्रम थापाको संयोजकत्वमा गठीत तीन सदस्यीय कार्यदलमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य छन् ।

कार्यदललाई विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरि यथासक्य छिटो प्रतिवेदन बुझाउन भनिएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा विमानस्थलको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेका थिए । मेयर साम्पाङले धरान १७ मा विमानस्थलका लागि जग्गा खरिद गरिसकिए पनि अनुमती नपाएका कारण विमानस्थल निर्माण गर्न नसकिएको जनाउँदै आवश्यक पहल गरिदिन मन्त्रालयलाई पत्र लेखेका थिए ।