देश

यो मौसम बैमानी’को म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ — गायक तथा संगीतकार कञ्चन थलङ लिम्बुको नयाँ गीत ‘यो मौसम बैमानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक थलङकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियो मङ्गलबार गायक थलङकै जन्मदिनकै अबसरमा धरानमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

भिडियोमा अभिनेत्री रेखा लिम्बु र गायक थलङको अभिनय रहेको छ । सान थापाको निर्देशन रहेको भिडियो अर्जुन तिवारीले छायांकन र बिवेक सुनारले सम्पादन गरेका हुन् । भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।