Breaking

नेपालका लागि चिनियाँ राजदूत सोङद्धारा गृहमन्त्री श्रेष्ठलाई राहत सामग्री हस्तान्तरण


काठमाडौँ– जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि ल्याइएका दुई चिनियाँ जहाजको राहत सामग्री गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । चीनले २६ करोड बराबरको राहत सामग्री उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले हस्तान्तरण गरेका हुन ।

आज भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। राहत सामग्री जिम्मा लिएसँगै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले नेपाल र चीनको सम्बन्ध सार्वभौमसत्ताको सम्मान र साथ दिएको भन्दै चिनियाँ सरकारलाई धन्यवाद दिनुभएको छ । विमानमा ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेटसहितका सामग्री आएको बताइएको छ ।