Breaking

तिहारको लागि मखमली फूलको माला उन्न र बिक्री गर्न सुरु


काठमाडौँ– मखमली फूलको मालाको माग अत्याधिक भएपनि मूल्य नपाएको किसानहरुको गुनासो छ । गुण्डुका किसानहरुले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन् । यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरुको गुनासो छ ।

एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री गरिसक्न लागेको व्यवसायीहरुले बताए । भत्तपुर सूर्यविनायक नगरपालिका गुण्डुकी राधा थापाले विगतका वर्षको जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताउनु भयो । उहाँले मेहनतअनुसार मखमली मालाको मूल्य भने जस्तो नभएको गुनासो गर्नुभयो । विगतका वर्षहरुमा ३० देखि ३५ रुपैयाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रति मालाको मूल्य पाएको बताउनु भयो