Breaking

भूकम्प पीडितले नेता लखेटे, हेलिकोप्टरले उठायो त्रिपाल, भोट हेरेर नोटको बाँडेको आरोप


कामठाडौँ — भुकम्पले तहस नहस पारेको जाजरकोट र रुकुम पश्चिम अझै त्रसित छ । भुकम्पका कहरका बीच सडकमा बास भएकाहरु राहतको आसमा सरकारको बाटो कुरेर बसेकाछन् । तर पार्टीका नेताले आफ्ना आफन्ती र कार्यकर्तालाई रातारात राहत बाडेर, राजनीति गरेको भन्दै विरोध सुरु भएको छ । चर्को आवाजमा कानको जाली फुट्ने गरी कुहिरीमण्डल धुलो उडाउदै गरेको यो हेलिक्प्टर हेर्नुस् ।

यो हेलि राहत नभएर भुकम्पले उजाडिएको भूमीमा शासक बोकेर आएको छ।अव यो दृश्य हेर्नुस । हिन्दिमा एउटा कहाँबत छ ,मर्ता क्या नही कर्ता, राहतको आसले भोको पेट लिएर सरकारको बाटो कुरीरहेकाहरु राहतमै काखा र पाखा भएपछि उनै शासक माथि खनिएकाछन् ।मरेर बाँचेकाहरुले एक त्यान्त्रो सासका लागि एक मुठि चामलको खातिर संघर्ष गरिरहेको तितो क्षण हो यो ।

राजनीतिक दलका नेताहरूले रातिराति आफ्ना आफन्त र कार्यकर्तालाई राहत बाँडेको भन्दै पीडितहरु एकै स्वरमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री बेदराजसिंह माथि खनिएकाछन् ।क्यामेरामा कैद भएको दृश्यमा पीडितहरुले एकै स्वरमा मन्त्री माथि प्रश्न गरेकाछन् । यस्तो बेला पनि पार्टी छुट्याउदै हिड्ने ?संगसगै मन्त्रीले जवाफ दिन्छन् पार्टी छुट्याउन हुदैन । पीडितहरु सबैलाई सम्मान गर्नुपर्छ ।

पीडित मध्येकि एक महिलाले फेरि थप्छिन् ,कसैलाई नदिएको भए ठिकै हुन्थ्यो अरुलाई दिएर हामीलाईचै नदिने, उनीसंगै अन्य पीडितको स्वर पनि थपिन्छ । कसैकसैलेत डबल–डबल पाएकाछन् । दलका नेताले आफ्ना कार्यकर्तालाई डबल डबल राहत बाडेर राहतमा राजनीति गरेपछि पीडितहरुले बबाल मच्चाएकाछन् ।

पीडितको आक्रोशित भिड देखेपछि आत्तिएका मन्त्रीले त्यसपछिसान्तना दिदै भन्छन्। सामान आउँदै छ । जे भयो भयो अब त्यस्तो हुँदैन ।मन्त्रीको यो लचकता र स्विकारोक्तिले पनि नेताहरुले आहातका बेला राहत बाढेर राजनीतिक गरेको बुझ्न धेरै कठिन छैन ।

जाजरकोटका आक्रोशित पीडितहरुले यही क्षेत्रका मन्त्री र पूर्वगृहन्त्री समेत भएको ठाउँमा आफुहरुलाई पर्दा राहतमा राजनीति गरेको भन्दै आगामी ०८४ को निर्वाचनमा हिसाव किताव राख्ने चेतावनी दिएकाछन् ।

भुकम्प गएको जाजरकोट र रुकुम पश्चिम माओवादीका दुई चल्ता पुर्जा नेता शक्ति बस्ने तर जनार्दन शर्माको क्षेत्र हो । शक्ति बस्नेत अहिले संघिय सरकारको उर्जा जलस्रोत तथा सिंचाईमन्त्री हुन् । यी दुई क्षेत्रलाई माओवादीको आधार इलाका क्षेत्रको रुपमा पनि लिइन्छ ।

तर दुर्भाग्य माओवादीकै सरकार भएका बेला पीडितहरुले राहतलागि भोको पेट लिएर हारालुछ गरिरहनु परेको छ । त्यो पनि फगत चाउचाउ र चिउराका लागि । माओवादी त्यही पार्टी हो , जसले यीनै सर्वहारा वर्गको मुक्ति र परिवर्तनका लागि भन्दै रुकुम रोल्पा र जाजरकोटलाई आधार बनाएर सशस्त्र जनयुद्धको किलो गाडेको थियो ।

तर अहिले सरकारमा हुँदा पनि माओवादीले भुकम्पमा च्यापिएर मरेका र भाग्यले बाँचेकाहरुलाई बाच्ने आधारका लागि गाँसको ग्यारेन्टी गर्न सकेकोछैन । यही बेलामा राहतलाई मिसन ०८४ को रुपमा अघि सारेर रातारात आफ्ना कार्यकर्ता पोस्न थालेपछि आलोचित बनेको छ ।उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले यो विपतको बेला विवाद नभएर सहमतिमा सबै एकै ठाउँमा उभिएर विपत्ती सल्टाउनु पर्ने भनेकाछन् ।

यता आफुलाई सादगी राष्ट्र प्रमुखकको रुपमा चित्रित गरेका राष्ट्रपति रामचन्द्र पौडेल फेरि जाजरकोट पुगेपछि आलोचित बनेकाछन् । पीडितलाई मलमपट्टी गर्नु पर्नेमा पीडित बसेको पाल उठाएर हेलिकप्टर ल्याण्ड गराएपछि पौडेल आलोचित भएका हुन् । देशलाई दुखेको बेला विदेश भ्रमण स्थगित गरेर सन्देश दिन खोजेका पौडेल मंगलबार प्रभावित क्षेत्र पुगेका थिए ।


अहिले भुकम्प प्रभावित क्षेत्रमा सेनाका पाँच हेलिकप्टर उडेकाछन् । चर्किएका घर र धाँजा फाटेका जमिन भन्दा बेलाबेलामा हेलिकप्टरको आवाजले पनि पीडितहरु तर्सिरहेकाछन् ।सरकारले आकाशमा हेलिकप्टर उडाएर पीडित तर्साउने भन्दा राहत र व्यवस्थापनका लागि उचित कदम चालोस् ।