Breaking

बीमा क्षेत्रको नियमक निकाय बलियो नहुँदा बीमा क्षेत्रमा समस्या छन्ः अर्थमन्त्री महत


काठमाडौँ– अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा क्षेत्रमा नियमक निकाय बलियो नहुँदा बीमा क्षेत्रमा समस्या रहेको बताउनुभएको छ । मंगलवार पुनर्बीमा कम्पनी लिमिटेडको १० औं वार्षिकोत्सवको अवसर नेपाल पुनर्बीमा स्मारिका विमोचन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले नेपालको बीमा क्षेत्र सुधारको लागि नियमक निकाय बलियो हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय बीमा क्षेत्रलाई नियमन गर्ने निकाय मजबुत हुन नसक्दा समस्या आइरहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले बीमाको नियमक निकाय र बीमा क्षेत्र सुधारको आवश्यकता रहेको बताउनु भयो । उहाँले नेपालका ठूला जलविद्युत आयोजना निर्माण हुँन लागेको र जलवायु परिवर्तनको समेत असर बढ्दै गएकाले पुनःबीमा कम्पनी ठूलो महत्व रहेको बताउनु भयो । उहाँले बीमामा निजी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाउनको लागि राज्यको उपस्थिति बलियो बनाएर निजी क्षेत्रमा हुने अनियमिततालाई रोक्न सक्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले सरकारी स्वामित्वमा रहेको संस्थाहरुमा जिम्मेवार व्यक्तिहरुले व्यवसायिक हिसाबले काम नगरेको अवस्था रहेको बताउनु भयो । पुनंर्बीमा कम्पनीले आफ्नो दशौँ वार्षिकोत्सवको अवसर पारेर जाजरकोटका भूकम्प पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँको सहयोग गरेको हो । सोही अवसरमा कम्पनीले प्रकाशित गरेको नेपाल पुनर्बीमा स्मारिका २०८० अंक २ समेतको विमोचन समेत गरिएको छ ।