Breaking

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम तत्काल अघि बढ्ने


काठमाडौँ– गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम तत्काल अघि बढ्ने भएको छ । बागमती प्रदेश सरकार र भरतपुर महानगर पालिकाले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मिलेर निर्माण गर्ने समझदारी गरेका छन् । योसंगै रंगशाला निर्माणले गति लिने देखिएको हो । प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमरकट्टेल र भरतपुर महानगरकी मेयर रेणु दाहालले रंगशाला निर्माणको लगानी मोडालिटीमा आज सम्झौता भएको हो । समझदारी अनुसार तत्काल १० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माणको कामलाई अघि बढाउने सहमती बनेको छ ।

समझदारी अनुसार १० हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि करिब ७५ करोड रुपैयाँ खर्च लाग्ने र बागमती प्रदेशले ७० प्रतिशत तथा भरतपुर महानगरले ३० प्रतिशत बजेट लगानी गर्ने सहमती बनेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुरको चितवनमा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा सहित निर्माणको काम अघि बढाएका थिए । तर अपेक्षित सहयोग प्राप्त गर्न नसकेपछि फाउन्डेसन निर्माणको कामबाट पछि हटेको थियो ।