Breaking

भुकम्प प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेल: भन्छन् कुनैपनि कुराको चिन्ता नगर्नुस् म सरकार सँग कुरा गर्छु


काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका छन् । मंगलबार जाजरकोटका भूकम्प प्रभावितसँगको भेटमा उहाले अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु भन्दै पिडितहरुको हौसला बढाउनु भएको छ ।

उहाँले भूकम्प प्रभावितलाई जाडोयाम र वर्षाका बेलामा समस्या नहुने गरी अस्थायी आवासको प्रबन्ध गर्नुपर्ने बताएका छन् । त्यस्तै स्थायी आवास बनाउँदा दीर्घकालीन रुपमा उपयुक्त ठाउँको पहिचान गर्नुपर्ने पनि राष्ट्रपति पौडेलको भनाइ छ । उहाँले स्थानीय जनप्रतिनिधिलाई लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुने गरी भूकम्प पीडितका लागि काम गर्न आग्रहसमेत गरेका छन् ।