खेलकुद

विश्वकपमा आज : जितसँगै सेमिफाइनलमा पुग्ने अस्ट्रेलियाको दाउ, अफगानिस्तान पनि दौडमा कायम


काठमाडौँ एकदिवसीय विश्वकप क्रिकेटको ३९ औँ खेल अस्ट्रेलिया र अफगानिस्तानबिच मुम्बईको वानखेडे स्टेडियममा हुँदैछ । खेल दिउँसो २ : १५ बजे सुरु हुनेछ ।

यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो खेल जितेर पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने छ । यो सँगै यो विश्वकपमा आफ्नो प्रदर्शनले सबैलाई चकित पारेको अफगानिस्तानले यो खेल जित्यो भने सेमिफाइनलको दौडमा न्युजिल्यान्ड र पाकिस्तानलाई पनि उछिनेर अघि बढ्न सक्छ ।