काठमाडौँ – पाटन अस्पतामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन् ।
गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।
गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ । त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पतालको आरोप छ ।
अहिले कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएको र हातपात गर्ने मानिसलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने चेतावनी स्वास्थ्यकर्मीको छ ।
![](https://i0.wp.com/yohokhabar.com/wp-content/uploads/2023/11/380362773_2976821279122078_9140802556260899835_n-1024x855-1-768x641.jpg?resize=720%2C601&ssl=1)
प्रतिक्रिया