Breaking

सडकमा भिड्दै दुर्गा प्रसार्ईं, राजावादी र गणतन्त्रवादी चिरिए, प्रचण्डलाई पूर्वराजाको डर


काठमाडौँ — सत्ता र प्रतिपक्षी तथा यो व्यवस्था विरोधी तीन ओटै शक्ती अहिले सडक तताउने होडवाजीमा छन । जहाँ सरकारबाट काम गर्ने र सदनबाट प्रश्न गर्ने किन सडकमा भन्ने प्रश्न उठ्दा सडक कस्को भन्ने चर्चा सुरु भएको हो । यो परिस्थितीमा के सडक नै मुडभेठको थलो त बन्ने हैन भन्ने चिन्ता थपिदा राजनीतिक दल र अभियन्ताहरु एक अर्काका कार्यक्रम नै जुधाउने गरेर अघि बढेका हुन ।

प्रतिपक्षबाट भए गरेका सवै प्रयास असफल भएपछि आफ्नै वलवुतामा उभिने पाठ पढेको एमाले त्यतिवेलैबाट सडकमा छ । कहिले ग्रासरुढ अभियानका रुपमा त कहिले संगठन सुदृढिकरणका अन्य कार्यक्रमका नाममा होस सडक प्रयोग गर्ने रणनिति लिएको उसले अव मध्यपहाडी राजमार्गकेन्द्रित अभियानको तयारी थालेको छ । भदौमा सिरहामा बसेको सचिवालय बैठकको निर्णयअनुसार एमालेले मंसिरमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियान चलाउने भएको हो ।

अभियानको बाटो अवलोकनका लागि दुई उपमहासचिवमध्ये प्रदीप ज्ञवाली पाँचथरको चिवाभञ्ज्याङ पुगेका छन् भने अर्का उपमहासचिव विष्णु रिमाल भारतसँगको सीमा नाका बैतडीको झुलाघाट नाका पुगेका छन् । एमाले आगामी ९ र १० मंसिरमा पार्टी केन्द्रीय कमिटीको बैठक धनगढीमा आयोजना गर्ने र ११ मंसिरदेखि झुलाघाटबाट मध्यपहाडी यात्रा सुरु गर्ने गरी आन्तरिक तयारीमा छ । यता एमालेका लागि घाटिको हड्डी बनेका दुर्गा प्रसाई पनि यहिविचमा सडकमा आँउदै छन । युवासंघका नेताहरुले प्रसाईलाई कालो मोसो दलेपछि महेश बस्नेत हुँदै एमाले अध्यक्ष केपी ओलीसम्मै भिडन्त गरिरहेका उनी मंसिर ७ देखि राष्ट्रवादी आन्दोलन गर्दै छन् ।

देश र जनताका लागि आफूले सबै कुरा त्यागेर आन्दोलनमा उत्रिएको भन्दै प्रसाई आक्रमक रुपमा आन्दोलनको तयारीमा लाग्दा आफनो महाअभियानको आन्दोलन एमालेका अध्यक्ष ओली र युवा संघका लागि भारी भएको दावी नै गर्न थालेका छन । जहाँ संगठन सुदृढिकरण अभियान अन्तर्गतका सडक कार्यक्रमबाहेक प्रसाईले आन्दोलन सार्वजनिक गरेपछि युवा संघले पनि मंसिर ७ गते माइती घर मण्डलमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघलाई एमाले नेता महेश बस्नेतले एक भिडियोमा प्रसाईको कार्यक्रम बिथोल्न समेत निर्देशन दिएका छन् । बस्नेतले एक भिडियोमा बोल्दै आङकाजी शेर्पा र प्रसाईको कार्यक्रम बिथोल्न युवा संघका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अझ गज्जव त सत्ताको नेतृत्व गरिरहेको माओवादीले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ ।मंगलबार जारी सर्कुलरअनुसार माओवादीले गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै सडक संघर्ष गर्न लागेको हो । जुनसुकै जिल्लामा गएर भाषण गर्दा पनि उनले सडक आन्दोलनका कुरा दोहोर्याउने तथा प्रतिगमनविरूद्ध सडकमा लाखौं जनता उतार्ने सार्वजनिक अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड व्यस्त रहदाँ माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।

प्रतिगमनविरुद्ध भनिएको यो कसका विरुद्धमा हो प्रष्ट नहुदाँ माओवादीको यो सर्कुलरका कारण अहिले कांग्रेस, एकीकृत समाजवादी, जसपालाई नैतिक संकट परेको छ । जहाँ सत्तारुढ पार्टीले संगठन अभियान, जनचेतना जगाउने अभियान चलाउन सक्ने भएपनि यो उल्टो बाटो किन हिडेको भन्दै चौतर्फी आलोचना हुदाँ समेत प्रचण्ड भने सरकारमा रहेका पार्टीहरू सडक जाने भनेको जनतालाई प्रशिक्षित गर्न भएको बताँउदै आएका छन । सडक कब्जा गर्ने भनेको जनतालाई प्रशिक्षित गर्न खोजेको र अर्को भाषामा सडक कब्जा पनि भएको बताएका उनले आलोचना गर्नेलाई ज्ञानेन्द्रलाई सडक छाडिदिनु पर्ने हो ? भन्ने प्रश्न समेत गर्न भ्याएका छन ।

जहाँ माओवादी सरल सहयात्री भने वडा र पालिकास्तरका जनतालाई व्यापक परिचालन गरेर संविधान, लोकतन्त्र र माओवादीको रुपन्तारणको पक्षमा सम्झाउने बुझाउने कार्यक्रम नै सडकमा जाने कार्यक्रम भएको तर्क गर्छन । झट्ट हेर्दा व्यवस्थाको हिमायती र विपक्षीविचको भिडन्तका रुपमा सडक विकास हुने देखिदाँ त्यसैमा प्रतिपक्षी दल समेत दोहोरो तिर फाल्ने रणनितिमा देखिन्छ ।

जहाँ आफैं सरकारमा बसेर आफैंले सडक आन्दोलन गर्न खोज्नु माओवादीको चरम सत्ता लिप्सा भएको विश्लेषण हुन थालेको छ भने यो कतै एमालेले आफ्नो भाग खोस्न लागेको त होइन भन्ने आशंका समेत सुरु भएको छ । यता पुराना दलहरु प्रश्नले कमजोर भएको वेला एक हुन पनि नसक्ने उनीहरुको कमजोरीमा व्यवस्था विरोधी त खेल्ने नै भए । जसले सवैको प्यारो सडक बन्दा त्यसले ल्याउने परिणाम के र सडक कस्को भन्ने प्रश्नको उत्तर के आउछ त्यो हेर्न भने केहि समय पर्खिनै पर्छ ।