काठमाडौँ — इजरायल र हमासबीच सुरु भएको युद्ध १ महिना बित्नै लाग्दै अझै रोकिन संकेत देखिँदैन । द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने सङ्ख्या ९ हजार नाघिसकेको छ । झनै आक्रामक बन्दै आएको इजरायलले आफ्नो शक्ति बढाईरहेको छ । इजरायल र हमास समूहबीचको युद्धलाई अमेरिकालेसमेत प्रसय दिईरहेको छ, यसले तत्काल युद्धविरा मगर्न अस्वीकार गर्दा विश्व नै धुब्रिकृत भईरहेको छ । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु हमास समुहले प्यालेस्टाइन मुक्तिको लागि गाजा पट्टीबाट इजरायलमा रकेट ब्यारेज र सवारी साधनद्वारा ठुलो आक्रमण सुरु गरे । त्यो आक्रमणमा इजरायली नागरिकको कम्तिमा १४ सय जनाको मृत्यु भयो ।
हमास लडाकु समूहले गरेको आक्रमणपछि इजरायलले गाजामा अहिले लगातार आक्रमण गरिरहेको छ । गाजामा आक्रमण रोक्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । तर युद्ध रोक्ने संकेत भने देखिदैन । त्यस्को ठिक बिपरित जारी युद्ध तत्काल रोक्न अरब राष्ट्रहरुको आग्रहलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाले तत्कालको युद्धबिरामले हमास आन्दोलनलाई आफ्नो सेना पुनः संगठित गर्न सहयोग पुग्ने बताएका छन् ।
अरब मुुलकको भ्रमणमा ओमान पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन समक्ष लेवनान, कतार र जोर्डनका नेताहरुले युद्धविरामका लागि गरेको पहलपछि अमेरिकी विदेशमन्त्री ब्लिन्कनले युद्धबिरामले हमास झन बलियो स्थितिमा पुग्ने भन्दै युद्धविराम सम्भव नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका सबै नागरिक रिहा नभएसम्म युद्धविराम नगर्ने उद्घोष गरिसकेको छ । पछिल्लो समय इजरायलले उत्तरी गाजामा निकै महत्वपूर्ण आक्रमण गरेको जनाएको छ ।
इजरायली सेनाका अनुसार सेनाले गाजा सहरलाई घेरेर उत्तरी र दक्षिणी गाजामा विभाजन गरेको छ । इजरायली सेना गाजाको भूमध्यसागरको तटमा पुगेको छ । त्यस्तै इजरायलले अझै पनि उत्तरी गाजा र गाजा सहरका बासिन्दाहरूलाई दक्षिणतिर जानको लागि एउटा कोरिडोर प्रदान गरिरहेको छ । इजरायलले गाजामा भीषण आक्रमण जारी राख्ने र उत्तरी गाजा र गाजा शहरमा जमिन आक्रमण जारी राख्ने सेनाको भनाई छ । अक्टोबर ७ बाट युद्ध क्षेडिएको दुई देशबीचको युद्धमा कम्तिमा १११७० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया