Breaking

भत्केको घर हेर्ने भीआईपीको लस्कसर, के गर्दै छन् रवि र ज्ञानेन्द्र ? कार्यकर्ता र कर्मचारी चाकडीमै व्यस्त


काठमाडौँ — शुक्रवार रातिको शक्तिशाली भूकम्पले जाजरकोट र पश्चिम रुकुम क्षत–विक्षत बन्यो । भूकम्पमा फसेका र प्रभावितको उद्धार, उपचार र व्यवस्थापन गर्ने काम जारी छ । प्राकृतिक विपत्तिले शोकमा डुबेको जाजरकोट र पश्चिम रुकुममा सिंगो मुलुकले देखाएको तदारुकताले तारिफ बटुलिरहेको छ । भुकम्प प्रभावित क्षेत्रमा पुगेका अभियान्ता तथा उच्च पदस्थ व्यक्तिहरु को के गर्दै छन ? पश्चिम नेपालको जाजरकोट कन्द्रविन्दु भएर शक्तिशाली भुकम्प गएको खबर पाउन साथ तयारीमा जुटेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड शनिवार एकाविहानै सेनाको हेलिकप्टर मार्फत त्यसतर्फ प्रस्थान गरे ।

भुकम्पले तहसनहस क्षेत्र पुगेर पीडितहरुलाई ढाडस दिए । प्रधानमन्त्री आफै चढेर गएको हेलिकोप्टर घाइतेको उपचारमा प्रयोग गर्दै राहत, उद्धार र उपचारमा सरकारले देखाएको तदारुकताले प्रधानमन्त्री प्रचण्ड धन्यवादको पात्र बने । प्रधानमन्त्रीको बलियो आडभरोशा सहितको पाइला भुकम्प प्रभावित क्षेत्रमा परेपछि सबैले प्रधानमन्त्रीको प्रशंसा गरे ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उर्जा मन्त्री शक्ति बस्नेतसहित केन्द्रदेखि प्रदेशको समेत गरेर दर्जन भन्दा बढि मन्त्रीहरु भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन । साना ठुला नयाँ पुराना सबै राजनीतिक दल कार्यकर्तादेखि केन्द्रिय नेताहरु भुकम्प प्रभावित क्षेत्र अवलोकन गर्न रुकुम पश्चिम धाईरहेका छन ।

उच्च पदस्थ सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु उतै छन ।
भुकम्प प्रभावित क्षेत्र नियाल्ने पीडितहरुसँग कुराकानी गर्ने उनीहरुको अवस्था बुझ्ने धेरैको दैनिकी बनेको छ । उच्च पदस्थहरुको भ्रमण हुँदै गर्दा पीडितहरुको समस्या समाधान हुन नसकेको र सरकारी कर्मचारी नेता खुशी पार्न मात्रै व्यस्त भएका रास्वपाको आरोप छ । उपसभापति डीपी अर्याल भन्छन्, ‘उच्च पदस्थहरु प्रभावित क्षेत्र घुम्नमै व्यस्त छन्, चुस्त रुपमा राहत वितरण गर्ने विषयमा ध्यान जान सकेको छैन ।’

भीभीआईपी र भीआइपीहरु लवलस्कर लागेर पीडितको घरदैलोमा पुगिरहेका छन । सुर्खेतमा बस्ने होटलहरु खचाखच छ । आफ्नो केहि थान नेता–कार्यकर्तासँग प्रभावित क्षेत्रमा पुगेका सरकारका मन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरु अन्तराष्ट्रिय सञ्चार माध्यमममासमेत छाईरहेका छन् । तर, उच्च पदस्थले प्रभावित क्षेत्रको अवलोकन गर्दैगर्दा राहत वितरणलगायतको काममा भने चुस्तता देखिँदैन ।

पीडितको पीडा जस्ताको त्यस्तै छ । भ्रमण गर्न पुगेकाहरुलाई आफ्नो पीडा सुनाउँदैमा प्रभावितहरुलाई फुर्सद छैन । फलत भुकम्प प्रभावित क्षेत्रमा भीआइपीको भ्रमण रोक्न स्थानीय सरकारले प्रधानमन्त्रीलाई नै पत्रचार गरिसकेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले भुकम्प प्रभावित क्षेत्रमा भीआइपीको भ्रमण रोक्न प्रधानमन्त्री प्रचण्डको ध्यानकर्षण नै गराएका छन ।

रास्वपाले राहत र उद्धार कार्यमा असर परेको भन्दै भीआईपीको भ्रमण रोक्न प्रधानमन्त्रीको ध्यानकर्षण गराएको हो । यी बाहेक केहि भीआईपी र उच्च पदस्थ व्यक्तिहरु आफनो सीपको सदुपयोग समेत गरिरहेका छन । रास्वपा सांसद डाक्टर तोसिमा कार्की जाजरकोटको बस्ती बस्ती पुगेर उपचारमा खटिएका छन । डा.गोविन्द केसी नेपालगंजस्थित भेरीमा पुगेर भूकम्पबाट घाइते भएका विरामीहरुको उपचारमा खटिएका छन ।