Breaking

भूकम्पले रुकुम पश्चिममा २ हजार १३६ क्षति


काठमाडौँ — शुक्रबार राति गएको भूकम्पले रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति भएका छन् । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार प्रारम्भिक रुपमा संकलित विवरण अनुसार भूकम्पले रुकुम पश्चिममा २ अर्ब ४५ करोड ५ लाख रुपैयाँको क्षति भएको छ । क्षतिको विवरण संकलन भएकाले अझै बढ्न सक्ने उनको भनाइ छ ।