अन्तर्राष्ट्रिय

हमासविरुद्ध युद्ध छेड्दै अमेरिका, विदेशमन्त्री अरवी राष्ट्रमा, इजरायली सेना गाजाको घर–घरमा


काठमाडौँ– पाँच हप्ता बढि देखि जारी हमास इजरायुद्ध अझै साम्य भएको छैन । जारी युद्ध रोक्न संयुक्त राष्ट्रसंघ लगायत धेरै देशहरूले निरन्तरत आह्वान गरिरहेका छन् । तर बेलायत, अमेरिका र ईयू लगायतले यो विचारलाई समर्थन गरेका छैनन् । अक्टोबर ७ मा प्यालेस्टिनी विद्रोही समुह हमासले इजरायलमा गरेको आक्रमण महिना दिन वित्न लाग्दा पनि साम्य भएको छैन । सो आक्रमणमा १४ सय इजरायली नागरिकको ज्यान गएको छ । हमास लडाकु समूहले गरेको आक्रमणपछि इजरायलले गाजामा अहिले लगातार बम बारी गरिरहेको छ । इजरायलको जवाफी आक्रमणमा गाजामा ९ हजार बढिले ज्यान गुमाएका छन् । जसमा ३ हजार ७६० बालबालिका र २ हजार ३२६ महिलासहित ९ हजार ६१ ले ज्यान गुमाएकाछन् । घाइतेको सङ्या ३२ हजार नाघेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जारी युद्धविरामका लागि संयुक्त राष्ट्रसंघलगायत अन्य देशहरूले निरन्तरत आह्वान गरिरहेकान छन् । तर बेलायत, अमेरिका र ईयू लगायतले यो विचारलाई समर्थन गरेकाछैनन् । संयुक्त राष्ट्रसङ्घका अनुसार दीर्घकालीन राजनीतिक समाधानहरू प्राप्त गर्ने विपरित मानवीय सहायता विशुद्ध रूपमा लागू गर्ने जनाएको छ । इजरायलले गाजामा भीषण बमबारी गरिरहँदा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तेस्रो पटक इजरायल पुगेका छन् । उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राष्ट्रपति आइज्याक हेरजोगसँग भेटे र मानवीय क्षति कम गर्न आग्रह गरेकाछन् ।

सम्मान भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनीसँगको भेटमा जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पनि गाजामा युद्धविरामका लागि आह्वान गरेकाछन् । यता युद्ध तत्काल रोक्न अरब राष्ट्रहरुको आग्रहलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाले तत्कालको युद्धबिरामले हमासलाई संगठित हुन प्रश्रय मिल्ने भन्दै युद्धविराम गर्नुको औचित्य नरहेको जनाएको छ । यसअघिनै प्रधानमन्त्री नेतान्याहुले हमासको कब्जामा रहेका सबै नागरिक रिहा नभएसम्म युद्धविराम नगर्ने उद्धघोष गरेकाछन् । हमासले इजरायलका १४ सय भन्दा बढी व्यक्तिको हत्या र २ सय भन्दा बढीको अपहरण गरेपछि इजरायलले गाजामा बमबारी गर्न थालेको हो ।

पछिलो समय हमासको पक्षमा पनि इरान, रुस, कतार लगायतका देशहरु उभिदा युद्धका हिसावले शक्तिशाली मानिएको इजरायलसंग हमास पछि हटेको छैन । यो युद्धलाई मुलत इजरायल र हमासले भन्दा पनि इजरायलको पक्षमा अमेरिका र हमासको पक्षमा इरान लगायत अन्य अरबी देशहरुले खेलेर गिजोलिरहेकाछन् । इजरायल यो पटकको भिडन्तलाई वारपार गर्ने मनस्थितीमा छ । त्यही भएर पनि आक्रामक रुपमा हमासमाथि युद्ध छेडिरहेको छ ।

युद्धको हिसावले इजरायलका सामु हमास कमजोर शक्ति हो । तथापी अन्य देशको साथले हौसिएको हमासले हार मानेको छैन । त्यही भएर पनि युद्ध लम्बिरहेको छ । इजरायलले अहिले युद्ध चलिरहेको गाजाको उत्तरी क्षेत्रमा बसोबास गरिरहेका झण्डै ४ लाख नागरिकलाईसो क्षेत्र खाली गर्न उर्दि जारी गरेको छ ।यो बीचमा हजारौं पलायन भइसकेका छन् भने अन्य लाखौं सोही क्षेत्रमा छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको इजरायलले प्रतिकार गर्दा हालसम्म ९ हजार बढीको ज्यान गएको छ ।