Breaking

नेपालले टस जितेर ब्याटिङ गर्दै , दीपेन्द्रको स्थानमा सन्दीप जोरा


काठमाडौँ – आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् ।

नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् ।

समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।
आज फाइनल खेल जित्दै नेपाल बदला लिने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।