Breaking

भूकम्प पीडितहरूलाई सहयोग गर्न भारतीय क्रिकेटर धवनको आह्वान


काठमाडौँ — भूकम्प पीडितहरूलाई सहयोग गर्न भारतीय क्रिकेटर शिखर धवनले आह्वान गरेका छन् । नेपालमा गएको भूकम्पबाट प्रभावित प्रति समवेदना समेत व्यक्त गरेका छन् । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निचुडको भूकम्प जाँदा मृतकको संख्या १५० आसपास पुगेको ।

धवनले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अर्को भूकम्पको विनाशकारी प्रभावको सामना गरिरहेका नेपालका जनताहरूप्रति मेरो सहानुभूति छ । उनीहरूबारे ख्याल राख्दै पीडितहरूलाई मद्दत गर्न राहतका प्रयासहरूलाई समर्थन गरौँ ।