Breaking

बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने


काठमाडौँ– बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार राति गएको भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्स्थापनामा खर्च गर्ने गरी बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि बचनवद्ध छौं, प्रेश विज्ञप्तिमा बुद्ध एयरले भनेको छ ।भूकम्पले थुप्रैको ज्यान गएको र घरबारविहिन भएको परिस्थितिमासबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्ने विज्ञप्तिमा उल्लेख छ । हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रूपैयाँ सहयोग दिने निर्णय गरेका छौं , विज्ञप्तिमा भनिएको छ ।