Breaking

जाजरकोट र रुकुमपश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुग्यो, उद्धारकार्य जारी


काठमाडौँ– भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । आज दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमामात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुमपश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३८ पुगेको हो । त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुमपश्चिममा७५ जना घाइते भएकाछन् ।

भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जनाघाइते भएकाछन् । गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसैबिच,सरकारले जाजरकोट भूकम्पमा राहत वितरणएकद्वार प्रणाली मार्फत गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्रीतथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकतादिने गरेको हो । बैठकले सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक बेस मानेर उद्दार कार्य गरिने छ ।प्रभावित क्षेत्रमा चिकित्सिक, स्वास्थ्य सामग्री र औषधि पठाइएको छ भने थप आवश्यक परे स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।