Breaking

कोशीमा गठबन्धन एक, एमाले हेरेको हे¥यै, माधवकाले मन्त्री पाउँदा एमालेका आउट


काठमाडौँ — कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको १९ औ दिनपछि सरकार विस्तार गरिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका एक–एक जना मन्त्रीमा नियुक्त भएका छन । एमालेको असहमतिमै मन्त्रिपरिषद विस्तार भएपछि एमालेले भने सरकारबाट बाहिने तयारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री भएको १९ र्औ दिनमा मन्त्रीपरिषद विस्तार गरेका छन् । सत्ता–गठबन्धनका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बाट एक–एक जना मन्त्री नियुक्ती गर्दै सरकार विस्तार गरिएको हो ।

माओवादी केन्द्रका गणेश उप्रेती (सुशील) र नेकपा (एकीकृत समाजवादी)का कमल जवेगु मन्त्रीमा नियुक्त भएका छन । कांग्रेसभित्र विद्रोह गरेर नेकपा एमालेको समर्थनमा कोशीको सत्ता हत्याएका मुख्यमन्त्री केदार कार्कीले नेतृत्व सम्हालेको तीन सातापछि गठबन्धनका नेताहरुलाई मन्त्री नियुक्त गर्दै सरकार विस्तार गर्न सफल भएको हो ।

एमालेको आँटमा मुख्यमन्त्रीमा उम्मेदवारी दिँदै राप्रपा बाहेक सबै दलको समर्थनमा विद्रोहकाबीच अनुमोदित कार्कीले आफैलाई मुख्यमन्त्री बन्न सघाएको एमालेको असहमतिकाबीच सरकार विस्तार गरेको हो । कोशी सरकारमा एमाले–कांग्रेस बाहेक अन्यलाई स्वीकार गर्ने पक्षमा एमाले छैन । सरकार विस्तारमा गठबन्धन दललाई सहभागी गराए आफुहरु बाहिरिने एमालेले चेतावनी नै दिँदै आएको थियो ।

मुख्यमन्त्री भएको तीन सातामा पनि सरकार विस्तार गर्न नसकेको भन्दै सर्वत्र आलोचित बनेको कार्कीले कोशीमा गरेको सरकार विस्तारले अर्को राजनीतिक तरंग पैदा गर्ने पक्का छ । कांग्रेसभित्र विद्रोह गरेर सत्ता हत्याएका कार्कीले मन्त्रीपरिषद विस्तारमा आफुलाई मन्त्री बन्न सघाएकोमा एमालेलाई धोका दिएका छन । प्रधानमन्त्ती प्रचण्डले समिकरण फेर्दा केन्द्रदेखि प्रदेशमा समेत सत्ताच्यूत बनेको एमाले कांग्रेसलाई बोकेर कोशीबाट सत्तामा फर्किने सपना देखेका थिए । कोशीमा कांग्रेस–एमाले समिकरणको सरकार बनाउने अडान एमालेको थियो ।

तर एमालेको त्यो सपनामा तुषरापात भएको छ । कांग्रेस बाहेक गठबन्धनका अन्य दललाई सरकारमा सहभागी नगराउने एमालेको दाउलाई मुख्यमन्त्री कार्कीले तुहाई दिएका छन । एमालेको दवाव भन्दा आफ्ना केन्द्रिय नेतृत्वको दवावलाई स्वीकार गर्दै सत्ता–गठबन्धनबाट नै मन्त्रीपरिषद विस्तार गरेका छन । आफुलाई समर्थन गर्ने दलको गुन नर्विसिने दावी गरेका कार्कीले अन्तत प्रतिपक्ष एमालेलाई भन्दा सत्ता–गठबन्धनलाई नै च्याप्ने निर्णयमा पुगेका हुन् ।

जुन सुकै हालतमा सबैलाई सहमतिमा ल्याउँदै सर्वदलीय सहमतिको सरकार गठन गर्ने दावी गरेका कार्कीले एमालेको असहमतिकाबीच माओवादी र एकिकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि अब एमालेलाई फकाउँछन वा एमाले विना नै सरकारलाई पूर्णता दिन्छ चासो बढेको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्की मन्त्रिपरिषद्लाई एमालेको प्रतिक्रिया के हुन्छ चासो बढेको छ । राजनीतिक दलहरुबीचको खिचातानीले अस्थिरताको थलो बनेको कोशीमा दलहरुको राजनीतिक खेल थप रोचक बनेको छ ।