Breaking

नेपालको सानदार जित, दशकपछि नेपालले विश्वकप खेल्ने पक्का, भारत र पाकिस्तानको सामना गर्ने


काठमाडौँ — नेपाल एक दशक पछि आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छनोट भएको छ । विश्वपकको एसिया छनोटमा यूएईलाई ८ विकेटले हराउँदै अर्काे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएको हो । नेपालले उपाधिका लागि फेरि आइतबार ओमानसँग फाइनल खेल्नेछ ।

नेपालले सन् २०१४ को आइसिसी टी–२० विश्वकप खेलेको थियो । सन् २०१३ मा भएको छनोट पार गरेर पहिलो पटक विश्वकप खेलेपछि नेपालमा क्रिकेटको उचाइ भने ह्वात्तै बढेको थियो । त्यसयता भने नेपाल विश्वकपमा छनोट हुन सकेन । लगातार तीन पटक विश्वकप छनोटमा असफल भएको नेपालले २०२३ मा भने नेपाली क्रिकेटको भाग्य १० वर्षपछि चम्केको छ ।

नेपालले जित्नै पर्ने दबाबमा मूलपानी क्रिकेट मैदानमा हजारौँ दर्शककासाथमा मैदानमा युएईसंग प्रतिस्प्रधामा उत्रिएको थियो । युएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालका लागि नेपाली ब्याट्सम्यान आसिफ शेखले अर्धशतक पूरा गरे ।

विश्वकप छनोट पछि आसिफ शेखले पक्रकारसंग कुरा गर्दै आसिफ शेखले विश्वसामु नेपाल चिनाउने सपना पुरा भएको बाताए । यस्तै कप्तान रोहित पौडेल र सोम्पाल कामीले विश्वकप खेल्न पाउँदा आफहरु भाग्यमानी भएको बताए । उनिहरुले भने नेपाललाई विश्वकपसम्म पु¥याउने र खेल्न मात्रै नभएर जित्न पनि जाने बताए

यूएईविरुद्धको खेलमा शेखले ३९ बलमा ५० रन बनाएका हुन् । आशिफ शेखले नटआउट सर्वाधिक ६३ रन बनाए । ५० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ३५ रनमा अविजित रहे । २१ बल खेलेका उनले ३ चौका र एक छक्का हिर्काए । गुल्सन झा २२ रन र कुशल भुर्तेलले ११ रन बनाए ।

मूलपानी मैदानमा टस जितेर पहिला ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ६४ रनको योगदान गरे । कप्तान मोहम्मद वासिमले २६, अलिसान सरफुले १६ र असिफ खानले १३ रन जोड्नुबाहेक अरू खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाल कामीले समान एक/एक विकेट लिए ।

यसअघि नेपालले सन् २०१४ मा पहिलोपटक बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । अब नेपालले सन् २०२४ जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने टी २० विश्वकप खेल्नेछ । जारी छनौट प्रतियोगितामा नेपाल समूह ‘ए’को उपबिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो ।

युएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । युएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो । मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गत वर्षको त्यो नमिठो हारको बदला लिएको छ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट उपाधिको लागि ओमानसँग खेल्ने छ । नेपाल र ओमानबीचको फाइनल खेल आइतबार टियु क्रिकेट मैदानमा बिहान–११ बजे सुरु हुनेछ ।