देश

भारतीय युवतीले पूरा गरिन तीन दिनमै लुक्ला–सगरमाथा आधार शिविर–लुक्ला म्याराथन

yohokhabar

काठमाडौँ — भारतकी सबिता महतोले लुक्ला–सगरमाथा आधार शिविर–लुक्लासम्मको १०४ किलोमिटर लामो दूरीको म्याराथन तीन दिनभन्दा कम समयमा पूरा गर्न सफल भएकी छन् । विश्वको सबैभन्दा लामो म्याराथन लुक्ला (२,८५० मिटर)– सगरमाथा आधार शिविर (५,३६४ मिटर)– लुक्ला १०४ किलोमिटर दूरी उनले तीन दिनभन्दा कम समयमा पूरा गरेकी हुन् ।

महतोले गत अक्टोबर २८ बाट सुरु गरी अक्टोवर ३० का दिन १०४ किलोमिटर दूरीको म्याराथन पूरा गरिन । उनले १०४ किलो मिटर दूरी ६४ घण्टामा पूरा गरेकी हुन् ।