Breaking

रिगलको सबथोक लुटियो, अब रामचन्द्र र प्रचण्ड डुब्दै, पैसाले समेत काम गरेन, रेशम चौधरीलाई संकट


काठमाडौँ — जघन्य अपराधका दोषीलाई कैद मिनाहा गर्ने सरकारको निर्णय उल्टाएर सर्वाेच्च अदालतले नयाँ नजिर स्थापित गरेको छ । सर्वाेच्चको आदेशसँगै चेतन मानन्धरका हत्यारा रिगल भनिने योगराज ढकाल पुनः जेल परेका छन् । तर उनीसँगै राष्ट्रपतिबाट माफी मिनाहा पाएका अन्य १७० जना र यही प्रक्रियाबाट जेलमुक्त भएका रेशम चौधरीको हकमा के हुन्छ ? गम्भीर प्रश्न खडा भएको छ ।

संविधानको सान देखाएर गैरसंवैधानिक काम गर्ने कसैको शक्तिले काम गरेन । न राष्ट्रपति रामचन्द्र पौडेलेको पावरले काम चल्यो, न काँग्रेस सभापति शेरबहादुर देउवाको पावरले काम चल्यो, न पूर्णबहादुर खड्का र प्रधानमन्त्री प्रचण्डको चलखेलले काम ग¥यो ।

सबैको हावा टाइट हुनेगरि सर्वाेच्चलेपरमादेश नै दिएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका रिगल फेरि जेल चलान भएका छन् । र, एकपटक पुनः कानुन अन्धो हुन्छ, यसले कसैको पावर र पहुँच देख्दैन भन्ने पुष्टि भएको छ । फलतः सर्वाेच्चको आदेश लगत्तै नेपालगञ्जमा रहेका गुण्डानाइके ‘योगराज ढकाल रिगल’ले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।र, जेल जाँदाजाँदै उनले भनेका छन्, ‘ममाथि पुनः षड्यन्त्र गरियो, तैपनि अदालतको फैसलाको सम्मान गर्छु ।’

सरकार र राष्ट्रपतिको निर्णय नै उल्टाएर सर्वाेच्चले आदेश दिएपछि सबैभन्दा ठूलो प्रश्नको कठघरामा कोही छन् भने ति सरकारप्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेल छन् । सर्वाेच्चले संविधान संरक्षक जस्तो पदमा बसेर गैरसंवैधानिक काम गर्ने राष्ट्रपतिलाई समेत गलत सावित गरिदिएको छ ।तर यतिले मात्रै पुग्छ त ?मुलुकको सर्वाेच्च पदमा बसेर निज काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्दैन ? अहिलेको यो बलियो प्रश्न हो ।

किनकि रिगल जुन अपराध गरे त्यसको सजाय उनी विगतदेखि नै भोगिरहेका छन्, तर उनैलाई छुट दिएर शक्तिमा हुनेहरुले जे गरेपनि हुन्छ भन्ने नमुना देखाएका सरकार प्रमुख र राष्ट्रपतिले त्यो भन्दा ठूलो अपराध गरेका छन् । फलतः उनीहरुलाई पनि कारबाहीको भागेदार बनाउनुपर्ने तर्क रिगलविरुद्ध मुद्दा लडेका कानुनविद्हरु गर्छन् । उनीहरुले कम्तिमा नैतिकता आधारमा भएपनि पदबाट राजीनामा दिन आवश्यक रहेको दाबी उनीहरुको छ ।

रिगलका विषयमा सरकारले गरेको निर्णय सर्वाेच्चले उल्टाईदिएपछि अर्काे झन बलियो प्रश्न सतहमा छ । किनकि यो सरकारको सिफारिसमा राष्ट्रपति गरेको निर्णय उल्टाएको यो पहिलो नजिर हो । अब रिगलसँगै कैद मिनाहा पाएका अन्य १७० जनाको हकमा के हुन्छ भन्ने प्रश्न उठेको छ ।आममाफी पाएका ६ सय ७० मध्ये रिगलजस्तै ज्यानै मारेको अभियोगमा जेल परेका १ सय ७० जनालाई यसैवर्ष सरकारी तजबिजमा माफी मिनाहा भएको थियो ।

अब तिनको पनि माफी पुनर्विचार हुनुपर्ने कानुनविद्हरु बताउँछन् । किनकि ति १७० जनामध्येका केहीले पनि अहिले जेलबाट छुट्न वित्तिकै अपराधकर्मको बाटो समाएका छन् । तथापी उनीहरुलाई पुनः कानुनी दायरामा ल्याउन रिगलकै जस्तो पीडित पक्षलेउजुरी दिए यस्तै प्रकारको फैसला हुने सम्भावना हुनेछ ।

रिगलले जस्तै लिगल सिस्टम भत्काएर सरकारले टिकापुर नरसंहारका दोषी रेशम चौधरीलाई पनि कैद मिनाहा गरेको थियो । अब यो विषयमा पनि सर्वाेच्चको नजिर आकर्षित भएको छ । यसअघि नै आममाफी पाएका चौधरीको हकमा पनि जेल जाने बाटो खुलेको कानुनविद्हरु बताउँछन् ।