Breaking

ओमानसँग चुकेको नेपाल यूएईसँग नजिते विश्वकप सपना अपुरो, कोच र खेलाडि भन्छन्, हामी जित्छौँ


काठमाडौँ — आईसीसी टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोली ओमानसँग पाँच रनले पराजित भएको छ । पराजयसँगै नेपालले सेमिफाइनल खेल यूएईसंग खेल्ने भएको छ । बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मी पाखुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो । म झुक्दै नझुक्ने नेपालको छोरो । गोपाल योंजनको शब्द स्वारमा सुसजित यो गित जस्तै नेपाली क्रिकेट खेलाडीहरुले आज कीर्तिपुर मैदानमा आफुलाई अन्तिसमम उभ्यायो ।

नेपालीको शक्ति देखाउने हजारौँ प्रयासहरु चुनौतीमा परिणत हुँदै गयो । श्वास रोकिने एउटा नाटकीय क्षणमा करण केसीले अन्तिम बलमा छक्का प्रहार गर्न नसकेपछि नेपाल २० ओभरको विश्वकप एशिया छनोटमा ओमानसँग पाँच रनले झुक्यो । नेपाललाई जितका लागि अन्तिम छ बलमा २६ रन आवश्यक परेपछि यो ओभर निकै नाटकीय बन्न पुग्यो । नेपालले प्रत्येक बललाई बाउन्ड्रीबाहिर पठाउनुपर्ने थियो र क्रिजमा थिए विवेक यादव । विवेकले पहिलो बलमा छक्का प्रहार गरे । अर्को बल वाइड भयो । उनले दोस्रो बलमा पनि छक्का हाने । तेस्रो बलमा पनि छक्का प्रहार गरेपछि खेलको माहोल एकाएक तातियो ।

तीन बलमा एक वाइडसहित १९ रन बनेपछि अब बाँकी तीन बलमा सात रन चाहिने भयो । तर चौथो बलमा छक्का हान्ने धुनमा विवेक टप एज लागेर क्याच आउट हुन पुगे । अब दुई बलमा सात रन बनाउनुपर्ने भयो । क्रिजमा आएका अविनाश बोहोराले पाँचौ बलमा एक रन जोड्दै क्रीज करण केसीलाई जिम्मा दिए ।

अब अन्तिम बलमा जितको लागि करणले छक्का प्रहार गर्नुपर्ने भयो जहाँ उनी चुक्न पुगे । खेलको हारसंगै क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईँले सेमिफाइनल खेलमा कमब्याक गर्ने बताएका छन् । ओमानसँग ५ विकेटले पराजित भएपछि पत्रकारहरुसंग कुरा गर्दै ओमानसँगको हारले खेलाडी र आफू पनि दुखित रहेको मुख्य प्रशिक्षक देशाइँले बताए ।

त्यसो त नेपालले हारे पनि नेपाललाई अन्तिम बलसम्म आस जगाएका विवेक यादवलाई इङगित गर्दै अर्को एउटा कुशल खेलाडी पाएको प्रशिक्ष मोन्टी देशाईंको बुझाई छ । मध्यक्रमका भरपर्दा दीपेन्द्र सिंह ऐरीलाई चोटका कारण गुमाउन पुग्दा उनका ठाउँमा आएका विवेक यादवले देखाएको प्रदर्शनले नेपाली क्रिकेटमा थप एक भरपर्दा खेलाडी जन्मिएको आभास भएको छ ।

त्यसो त यूएर्ए नेपालका लागि कट्टर प्रतिद्वन्द्वी हो । यी दुवै टोलीले जित हारको लुकामारी खेल्दै आएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले यूएईसँगै दुबईमा खेलेको टी–२० को शृङ्खलामा २–१ ले जितेको निकाल्दा गतवर्ष भारतमा भएको टी–२० विश्वकप प्रतियोगिताको छनोटमा यूएईले नेपाललाई हराउँदै नराम्रोसँग बदला लियो ।

दुई देशको लुकामारी क्रिकेट द्वन्द्वमा नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले स्पष्ट विश्वकप पुग्ने छाँटकाँटमा छ । घरेलु मैदानमा दर्शकको साथ र खेलाडीहरुको प्रदर्शनले देखाएको छनक जस्ता धेरै विषयहरू नेपालको पक्षमा देखिएको छ । तर यसका बाबजुद पनि उद्घाटन खेल सुरु हुनु अगाडि ऐरीलाई चोट लाग्नु भने नेपालको लागि अत्यन्तै दुखद् हुन पुगेको छ ।