देश

नेपाल घुम्ने बढे, रेकर्ड तोडियो, कहिले रोकिन्छ घुम्न आउनेलाई लुट्ने संस्कार ?


काडमाडौँ — नेपाल घुम्न आउँने पर्यटकको सङख्यामा उत्साहजनक वृद्धि भएको देखिएको छ ।सन् २०२३को १० महिनाको अवधिमा ८ लाख पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ । अक्टोबरमा मात्रै १ लाख १७ हजार बढि पर्यटक नेपाल भित्रिएका छन् । तर पर्यटनवृद्धिका लागि सरकारले उचितकदम चाल्न सकेको छैन । नेपाल पर्यटकहरुको रोजाईको गन्तव्यमा परेको छ । पछिल्लो समय नेपाल घुम्नआउने पर्यटकको सङ्या उत्साहजनक रुपमा वृद्धि भएको छ ।

सयुंक्त राष्ट्रसघंका महासचिव एन्टोनियो गुटरेसले नेपालको पर्यटकिय क्षेत्रले आफुलाई मोहित बनाएको बताएका छन् । चार दिने भ्रमणमा रहँदा महासचिव गुटरेसले लुम्बिनी, पोखरा, अन्नपूर्ण बेसक्याम्प काठमाडौं, ललितपुरको धार्मिक सांस्कृतीक लगाएतका क्षेत्रको अवलोकन गरेको उनले नेपालको पर्यटनक्षेत्रले मोहित पारेको र पछिल्ला दिनमा समेत नेपाल आउने बताए ।

नेपाल पर्यटकको रोजाईमा रहनु नेपालको लागि गौरबको बिषय हो तर सरकारले पर्यटनवृद्धीका लागि उचित कदम चाल्न सकेको छैन ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐनहरु समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । विदेशी पाहुनालाई जहाजको भाडा नेपालीको भन्दा दोब्बर बनाउँदा विश्व समुदायमा नकारात्मक सन्देश गएको बताए । हिमाल फोहोर भएको भन्दै सबैले मिलेर सफा गर्नुपर्ने चुनौति रहेको मन्त्री किराँतीको भनाई छ ।

सन् २०२३ यताको१० महिनाको अवधिमा ८ लाख पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अक्टोबरको बीचमा ८ लाख ९ हजार ६७८ जना पर्यटक नेपाल आएका छन् ।अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या हो । सन् २०१९ को अक्टोबरमा आएको १ लाख १३ हजार पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२२ मा ५२ हजार १२१, २०२१ मा १५ हजार ७१५ र सन् २०२० मा १ हजार ८३१ जना पर्यटक नेपाल आएका थिए ।